१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

रास्वपा सभापति लामिछाने पक्राउ, सडकमार्ग हुँदै पोखरा लगिँदै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफ्नो केन्द्रीय कार्यालयबाट गिरफ्तारी दिएका छन् । उनलाई पक्राउ गर्न पार्टी कार्यालय आएका प्रहरीलाई उनले आफै गिरफ्तारी दिएका हुन् । त्यस अघि उनले कार्यकर्तालाई सम्बोधन गरेका थिए ।

उनलाई आजै प्रहरीले सडक मार्ग हुँदै पोखरा लैजाँदै छ । पक्राउ पुर्जी लिएर पार्टी केन्द्रीय कार्यालय पुगेको प्रहरी टोलीसँग सभापति लामिछानेले सम्बोधनको समय मागेर सम्बोधन गरेका थिए । पार्टी कार्यालयमा उपस्थित कार्यकर्ता र सञ्चारकर्मीलाई सम्बोधन गदैसभापति लामिछानेले आफूले कुनै अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउने बताए । उनले आफूलाई पक्राउ गरेको घटनालाई देशको आशा र भरोसामाथि प्रहार भएका रुपमा लिएको जिकिर गरे ।

सभापति लामिछानेलेपार्टी सदस्य र सञ्चारकर्मीलाई आफ्ना कुरा राखेपछि प्रहरीसँगैसडकमार्ग हुँदै पोखरा जाने उनले जानकारी दिए । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनीविरुद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय पुगेको हो।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ६ : ५८ बजे

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

रामबहादुर थापाको अभिव्यक्ति पार्टी नीतिविपरीत : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा दल नेता एवं पार्टी