७ श्रावण २०८३, बिहिबार | July 24, 2026

रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइयो



पोखरा। सहकारीको रकम ठगी मुद्दामा पक्राउ परेका पूर्वगृमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम ठगी गरेको एवं संगठित अपराध गरेको मुद्दामा शुक्रबार काठमाडौंबाट नियन्त्रणमा लिइएका लामिछानेलाई आज कास्की अदालतमा उपस्थित गराइएको हो । हिजो शनिबार बिदा परेका कारण उनलाई आज मात्र अदालत लगिएको हो । यद्यपी, उनलाई नियन्त्रणमा लिएकै राति पोखरा पुर्याइएको थियो ।

लामिछानेलाई अदालतमा उपस्थित गराउने क्रममा उनको पार्टी रास्वपाका कार्यकर्ता र सहकारी पीडितहरुले प्रदर्शन गरेका छन् । रास्वपा कार्यकर्ताहरुले शहीद चोक र सहकारी पीडित पक्षले राष्ट्र बैंक चोकमा प्रदर्शन गर्दा पोखराको अवस्था तनाबपूर्ण बनेको थियो । दुवै पक्षलाई आम्नेसाम्ने हुन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १ : ४६ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी