२१ असार २०८३, आइतबार | July 5, 2026

रुपन्देही व्यापार संघको आयोजनामा सम्पन्न फुटसल प्रतियोगिताको उपाधि खेलकुद पत्रकार मञ्च रुपन्देहीलाई



बुटवल । रुपन्देही व्यापार संघले २५ वर्ष प्रवेशका अवसरमाआयोजना गरेको संघसंस्था बीचको फुटसल प्रतियोगिताको उपाधि नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीले हात पारेको छ । विजेता मञ्चले नगद २५ हजारसहित शिल्ड प्राप्त गर्ने छ भने उपविजेताले नगद १५ हजार सहित शिल्ड प्राप्त गर्ने छ ।

संघले आफनो रजत महोत्वसको अवसरमा सञ्चालन गरेको साताव्यापी कार्यक्रम अन्तरत आयोजित प्रतियोगितामा बुटवल अटो इन्जिनियरिङ एसोसिएसनलाई फाइनलमा ४-१ गोल अन्तरले पराजित गर्दै नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देही विजेता हुन सफल भएको हो । फाइनलमा खेलकुद पत्रकार मञ्चले पहिलो हाफमा २ गोल गरेको थियो भने थप २ गोल दोस्रो हाफमा गरेको हो ।

विजेता बनेको खेलकुद पत्रकार मञ्चले फाइनल पुग्नु अगाडी भएका खेलमा रुपन्देही उद्योग संघलाई ६-१ तथा पश्चिम नेपाल बस व्यवसायी प्रा लिलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा विभिन्न १० वटा संघसंस्थाको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डेले गरेका थिए । उद्घाटनसत्रको अध्यक्षता संघका अध्यक्ष दिपक प्रसाद अधिकारी, सञ्चालन महासचिव फर्सुराम पन्थ तथा स्वागत कार्यक्रम संयोजक प्रेमनाथ पाण्डेले गरेका थिए ।

संघले रजत महोत्सव अन्तर कार्तिक २२ गतेबाट सुरु गरेको साताव्यापी कार्यक्रम अन्तरगत २५ गते आईतबार संघमा गठित वस्तुगत उपसमितिबिच मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता, २६ गते रक्तदान कार्यक्रम, २७ गते लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको छ ।

कार्तिक २७ गते प्रभातफेरी कार्यक्रम गरिने छ भने सोहीदिन रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठी आयोजना गरिदैछ भने रजत महोत्सव अन्तरगतको मुल कार्यक्रम कार्तिक २८ गते मंगलबार आयोजना गरिने अध्यक्ष दिपकप्रसाद अधिकारीले बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ५ : २७ बजे

इतिहास रच्दै मोरक्को क्वाटरफाइनलमा प्रवेश, सहआयोजक क्यानडाको विश्वकप यात्रा टुंगियो

काठमाडौं । सह-आयोजक क्यानडालाई ३-० गोलअन्तरले पराजित गर्दै मोरक्को फिफा

गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण