१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

कोशीका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौँ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले अधिकारीलाई लाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

अधिकारीलाई आइतबार बिहान प्रहरीले विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । काठमाडौँ प्रहरी परिसरको अनुरोधमा मोरङ प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

निवर्तमान आन्तरिक मामिलामन्त्री अधिकारीले जापानमा मानव तस्करीमा संलग्न भएको आरोप लागेको छ ।

मन्त्रपरिषद्बाट स्वीकृत नगराई जापान गएका अधिकारी र उनीसँगै अन्य ३ जना व्यक्तिहरुलाई जापानको अध्यागमनले विमानस्थलबाटै फिर्ता गरेपछि यो घटना सार्वजनिक भएको थियो । अधिकारी मानव तस्करको योजनाअनुसार जापान गएको आरोप लागेको छ ।

यद्यपी उनले आफुलाई फसाइएको दाबी गरिरहेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ५ : ३८ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’