२२ चैत्र २०८२, आइतबार | April 6, 2026

‘एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली’



सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश अनेक सम्भावनाको क्षेत्र भएको बताएका छन् ।

उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ४१ औँ साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मूल्यवान् कृषि, पर्यटन, जल, जङ्गल र जडीबुटी तथा भाषा, संस्कृति र पुरातत्वका हिसाबले कर्णाली प्रदेश प्रशस्त सम्भावनाको स्रोत भएको बताए । उनले भने, “मुगु रारालाई सिरानमा राखेर कर्णाली करिडोर र डोल्पाको शे–फोक्सुण्डोलाई सिरानमा राखेर भेरी करिडोरमार्फत धेरैभन्दा धेरै मान्छे त्यहाँ लिन सकिन्छ ।”

मुख्यमन्त्री कँडेलका अनुसार हुम्लाको खार्पुनाथ नदीमा मात्र बेलिब्रिज जोड्न सके तीनरचार महिनामा सुर्खेतदेखि हिल्सासम्म एउटै गाडीबाट पुग्न सकिने अवस्था छ । हराउने खालको नभई देखिने तीन क्षेत्र स् कृषि, पर्यटन र लघु घरेलु उद्योगहरूमा परम्परागत सीपलाई पुस्तान्तरण गरेर रोजगार सिर्जना गर्नेदेखि आर्थिक क्रियाकलाप बढोत्तरी गर्ने सोचअनुसार प्रदेश सरकारले आगामी वर्षदेखि योजनाबद्ध ढङ्गले अगाडि बढ्ने र चालु आर्थिक वर्षमा पनि आवश्यक बजेट विनियोजन गरी आर्थिक विकास गर्न सकिने उनको भनाइ थियो ।

मगन्तेका रूपमा नभई आवश्यकता आधारमा सूची बनाएर चार लेनको कोहलपुर–सुर्खेत, दुई लेनको सुर्खेत–हिल्सा, सुर्खेत–डोल्पा, गमगढी–सिमकोट, भेरी पम्पिङ, जाजरकोट रुकुमपश्चिममा भूकम्पको पुनः निर्माण र सुर्खेत विमानस्थल विस्तार गरी यहाँदेखि हिमाली जिल्लामा हवाई सेवा दिनुपर्ने कुराको पैरवी सङ्घीय सरकारसँग भइरहेको जिकिर गर्दै उनले प्रदेश सरकारले आफ्नो क्षेत्रबाट गर्ने प्रयत्न गरेको जनाए ।

कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, खनिज, जलस्रोत, पूर्वाधारको विकास र निर्माणका बारेमा तयार गरिएको उद्योग वाणिज्य सङ्घको प्रतिवेदनमा समाविष्ट विषयहरू प्रदेश सरकारका लागि सन्दर्भ सामग्री हुने भन्दै मुख्यमन्त्री कँडेलले आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने आश्वासन दिए । प्रदेश सरकार मन्त्री, सचिव, कर्मचारी र निर्माण व्यवसायीलाई सँगै राखेर पुरस्कार लिनेगरी आफ्नो जिम्मेवारी पूरा गर्नूस् काम गर्न अतिरिक्त शुल्क कसैले तिर्न पर्दैन भनेर स्पष्टसँग भनेको उनले बताए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सरकार सफल हुनुमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए । सरकार, निजी क्षेत्र र सहकारीको साझा प्रयासबाट मुलुकको विकास र समृद्धि हुन सक्ने उनको भनाइ थियो । उक्त साधारणसभामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी, उद्योगी, व्यवसायी तथा नागरिक अगुवाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  १० : ०३ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको