४ चैत्र २०८२, बुधबार | March 18, 2026

धितोपत्र बोर्डको अध्यक्षमा पेट्रोलियम ढुवानी व्यवसायमा बिवादीत व्यवसायी सन्तोषनारायण श्रेष्ठ नियुक्त



काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा इन्धन ढुवानी व्यवसायमा बिवादित ब्यसक्त सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

अर्थमन्त्रालयद्धारा गठित धितोपत्र बोर्डको अध्यक्ष पदका लागि गत चैत्र २५ गते पाँच जनाको सर्टलिष्ट प्रकाशित गरेकोमा पुछारमा नाम रहेका श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरिएको छ । सर्टलिष्टमा चिरञ्जीवी चापागाँई, मुक्ति श्रेष्ठ, कृष्ण बहादुर कार्की, डा. नवराज अधिकारी र श्रेष्ठको नाम परेको थियो ।

एमाले अध्यक्ष केपी ओलीको दबावमा श्रेष्ठलाई अध्यक्ष नियुक्त गरिएको सत्ता गठबन्धनका एक उच्च अधिकारीले बताए । नव नियुक्त अध्यक्ष श्रेष्ठ लामो समयदेखि इन्धन ढुवानी व्यवसायमा बिवादीत व्यक्ति भएको स्रोतको दाबी छ । श्रेष्ठको नाममा बुटवलमा एक्सप्रेस परिवहन सेवा कम्पनी रहेको र सो कम्पनीका १९ ट्याङ्करहरु २०७१ वैशाख १६ गते पेट्रोलयम चोरी तस्करीको आरोपमा पक्राउ परेको थिए ।

नेपाल आयल निगमको भलवारीस्थित पश्चिमाञ्चल डिपोमा ल्याइने पेट्रोलियम पदार्थ निगममा नपुर्याई बीच बाटोमै रुपन्देहीको पड्सरी र मधौलियामा निर्मित भूमिगत पम्पमा पेट्रोलियम पदार्थ चोरी गर्ने क्रममा १९ वटा ट्याङ्करहरु पक्राउ गरेको थियो । एक्सप्रेस परिवहन सेवा प्रालिको नाममा २५ वटा ट्याङ्करले इन्धन ढुवानी गर्दै आएको बताइएको छ ।

२ वर्ष पहिले पेट्रोलियम पदार्थ चोरी तसकरीको आरोपमा आयल निगमले कारवाही अगाडी बढाएपछि लामो समय श्रेष्ठका बाबु चोपनारायण फरार भएका थिए । ढुवानी ब्यवसायी संघकै कोषबाट मोटो रकम जरिवाना बुझाएर घटना मिलाएको स्रोतको दाबी छ ।

सो कम्पनीका मुख्य लगानीकर्ता चोपनारायण श्रेष्ठ र उनका छोरा सन्तोषनारायण श्रेष्ठ रहेको स्रोतले बतायो । चोपनारायण श्रेष्ठ ढुवानी व्यवसायी संघमा विभिन्न नेतृत्वमा रहेर काम गर्ने र छोरा सन्तोषनारायण श्रेष्ठले एक्सप्रेस परिवहन सेवाको काम हेर्दै आएका छन् ।

 

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ९ : १२ बजे

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत