२३ माघ २०८२, शुक्रबार | February 7, 2026

रोयल्टी बाँडफाँडका सूचकहरुलाई परिवर्तन गर्नुपर्छः मुख्यमन्त्री कँडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्थानीय तथा प्रदेश तहले प्राप्त गर्ने रोयल्टी समानताको आधारमा बाँडफाँड हुनुपर्ने बताएका छन् । प्राकृति श्रोत तथा वित्त आयोगले आज वीरेन्द्रनगरमा आयोजना गरेको रोयल्टी बाँडफाँड पुनरावलोकन सम्बन्धी कार्यक्रममा मुख्यमन्त्री कडेलले रोयल्टी बाँडफाँडका अहिलेका सूचकहरुमा पुनरावलोकन गर्नुपर्ने धारणा राखे । संघीयता पछिको प्रारम्भमा रोयल्टी सम्बन्धी सूचकहरु बनाइएपनि अभ्यासको आधारमा अव पुनरावलोकन गर्नुपर्ने उनको भनाई थियो ।

“नयाँ संरचना प्रदेश हो, प्रदेशलाई केन्द्र भागमा राखेर अघि बढदा संघीयता बलियो हुन्छ,” मुख्यमन्त्री कडेलले भने, “त्यसका लागी वित्तिय र प्रशासनिक संघीयता बलियो हु्नुपर्छ ।” पछिल्लो ५ वर्षको अनुभवले पनि अहिले देखिएको रोयल्टी बाँडफाँडमा असन्तुलन भएको गुनासा सबैतिरबाट आइररहेकोले यसलाई प्रर्याप्त अध्ययन गरेर आयोगले नै सन्तुलित बनाउनुपर्ने मुख्यमन्त्री कडेलको जोड थियो । उनले भने, “रोयल्टी वितरण गर्न लागेको ५ वर्षभन्दा बढी भयो, अहिलेका सबै विवरण र गुनासाहबारे आयोग जानकार छ, यसलाई सन्तुलित बनाउने तर्फ तपाईहरुले नै बढी मेहनत गर्नुपछ। ”

प्राकृतिक स्रोत साधनको रोयल्टी प्राप्त गर्ने सम्बन्धमा यसको दायरालाई फराकिलो बनाउँदै र पानी,संस्कृति, सभ्यता लगायतका प्राकृतिक सम्पदाको रोयल्टीलाई बाँडफाँडको दायरामा ल्याउनुपर्नेमा पनि मुख्यमन्त्री कडेलले जोडदिए ।

आर्थिक हिसाबले प्रदेश जति कमजोर छन् प्राकृतिक स्रोतको रोयल्टी पनि उति कम पुगेको बताउदै मुख्यमन्त्री कडेलले अहिलेको वितरणको व्यवस्थाले सिंगो कर्णालीले पाउने रोयल्टी एउटा गाँउ पालिकाको जति पनि नरहेको बताए ।

सबैभन्दा धेरै विद्युत उत्पादन गर्ने क्षमता भएर पनि उत्पादनको अभावमा कर्णाली प्रदेश त्यस्तो रोयल्टीबाट बचित भएको बताउर्दै रोयल्टी प्राप्त हुने क्षेत्रमा लगानीको वातावरण बनाउन संघीय सरकारसँग उनले आग्रह गरे ।

मुख्यमन्त्री कडेलले रोयल्टी बाँडफाँडको प्रतिशतलाई ४०/३०/३० अनुपातमा बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ११ : ३८ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस