८ बैशाख २०८३, मंगलबार | April 21, 2026

अनिलको अर्द्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्स लगातार विजयी



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान अनिलकुमार साहको अद्र्धशतकीय पारीको मद्दतमा जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ । जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा लगातार विजयी भएको हो ।

यसअघि शनिबार सम्पन्न पहिलो खेलमा जनकपुर वोल्ट्स विराटनगर किङ्ग्ससित आठ विकेटले नै विजयी भएको थियो । जितसँगै जनकपुर वोल्ट्स अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ४१ रन बनायो । एक सय ४२ रनको विजयी लक्ष्य जनकपुर वोल्ट्सले १५ दशमलव एक ओभरमा मात्र दुई विकेट गुमाएर पूरा ग¥यो । जनकपुर वोल्ट्सका लागि कप्तान अनिलकुमार साहले अविजित ६२ रन बनाए । उनले ४२ बल खेल्ने क्रममा तीन छक्का र छ चौका प्रहार गरे ।

यस्तै आशिफ शेखले २९ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा ३६ रनको योगदान दिए । श्रीलङ्काली खेलाडी लाहिरु मिलन्थाले १३ बल खेल्दै दुई छक्का र दुई चौकासहित २४ रन बनाए । जिमी निशिमले आठ बलमा अविजित १६ रन बनाए । यसमा उनको एक छक्का र दुई चौका सामेल थियो ।

बलिङतर्फ कर्णाली याक्सका लागि जिशम मक्सुद र मौसम ढकालले एक एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेर एक सय ४१ रनको योगफल तयार गर्ने क्रममा कर्णाली याक्सका लागि गुल्सनकुमार झाले २७ बल खेल्दै तीन छक्का र एक चौकाको सहयोगमा सर्वाधिक ३६ रन जोडे । त्यस्तै अर्जुन घर्तीले २२ बलमा दुई चौका र दुई छक्का हान्दै ३३ रन बनाए । यस्तै कप्तान सोमपाल कामीले अविजित २९ रनको योगदान दिए । उनले १३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरे । भारतीय खेलाडी शिखर धवनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १४ रन बनाए । यस्तै हङकङका बाबर हायातले १२ रन बनाए ।

बलिङतर्फ जनकपुर वोल्ट्सका लागि पाकिस्तानी खेलाडी मोहम्मद मोहसिन खानले दुई, जिमी निशम, हर्ष ठाकेर, ललितनारायण राजवंशी र किहोर महतोले एक एक विकेट लिए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ४ : ४२ बजे

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२