३ पुस २०८२, बिहिबार | December 18, 2025

आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । मंगलबार बिहानको पहिलो खेलमा सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन् ।

सुदूरपश्चिम र विराटनगरको पहिलो खेल बिहान ९:१५ बजे सुरु हुनेछ भने चितवन र पोखराको दोस्रो खेल दिउँसो १:१५ बजे प्रारम्भ हुन्छ । दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा हुनेछन् ।

पोखरा र सुदूरपश्चिमले प्रतियोगितामा पहिलो खेल खेल्न लागेका हुन् । विराटनगर सन्दीप लामिछानको कप्तानीमा मैदानमा हुनेछ भने सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा प्रतिस्पर्धामा उत्रिने छ । उद्घाटन खेल खेलेको विराटनगर जितबिहीन छ । विरानगर उद्घाटन खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको हो ।

यता पहिलो खेलमा सोमबार काठमाडौं गोर्खाजलाई पाँच विकेटले हराएको चितवनले दुई अंक जोडिसकेको छ । चितवन आज पोखरालाई हराउँदै लगातार जितको खोजीमा हुनेछ भने पोखरा पहिलो खेलमा जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गर्न चाहन्छ । पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने चितवन कुशल मल्लको कप्तानीमा छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ८ : १२ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका