२५ भदौ २०८३, बिहिबार | September 10, 2026

नेपाल प्रिमियर लिग : सुदूरपश्चिम रोयल्सको सहज जित, विराटनगर किंग्स ९० रनले पराजित

विराटनगरको लगातार दोस्रो हार



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो । विराटनगरको यो लगातार दोस्रो हार हो ।

सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६.१ ओभरमा ९२ रन बनाउँदै अलआउट भयो । विराटनगरका लागि बासिर अहमदले २४ र राजेश पुलामी मगरले १५ रन बनाए । क्रिश सोल र अनिल खरेलले क्रमश: ९ र १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । ओपनर मार्टिन गप्टिल गोल्डन डकआउट भए ।

सुदूरपश्चिमका लागि स्कट कुग्गेलिजन र अविनाश बोहराले ३/३ तथा ब्राण्डन म्याकमुलन र इशान पाण्डेले १-१ विकेट लिए ।

यसअघि सुदूरपश्चिमले पूरैओभर खेलेर ७ विकेटको क्षतिमा १८२ रन बनाएको थियो । यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि सोमबार जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले बनाएको १४१ रन नै उच्च स्कोर थियो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५७ रन बनाए । उनले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । यस्तै, इशान पाण्डेले ३८, ब्राण्डन म्याकमुलनले ३६, विनोद भण्डारीले २३, सैफ जैबले १४, स्कट कुग्गेलिजनले १०, आरिफ शेखले ९, र अमित श्रेष्ठले १ रन जोडे ।

विराटनगरका लागि अनिल खरेलले ३ तथा क्रिस सोल, इस्मात आलम र बसिर अहमदले १-१ विकेट लिए ।

अर्को खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुँदैछ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १२ : २६ बजे

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : चिनियाँ राजदूत माओमिङ

नुवाकोट । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त