२ पुस २०८२, बुधबार | December 17, 2025

आज कर्णाली र काठमाडौं, विराटनगर र लुम्बिनी भिडदैं



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा आज दुई प्रतिस्पर्धा हुन लागेका हुन् ।

बिहान ९ बजे सुरु हुने पहिलो प्रतिस्पर्धामा कर्णाली याक्स र काठमाडौं गोर्खाज आम्नेसाम्ने हुनेछन् । कर्णाली सोमपाल कामीको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौंका कप्तान करण केसी हुन् ।

एकएक खेल खेलेका कर्णाली र काठमाडौं दुवै टिम जितबिहीन छन् । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको हो ।

दुवै टोली बुधबारको प्रतिस्पर्धाम पहिलो जितको खोजीमा हुनेछन् ।

दोस्रो खेलमा विराटनगर र लुम्बिनीको प्रतिस्पर्धा

बुधबार दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन् । विराटनगर दुई खेलमा पराजित भइसकेको छ भने लुम्बिनी पहिलो खेल खेल्दैछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर उद्घाटन खेलमा जनकपुर बोल्टसँग आठ विकेट र दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले पराजित भएको हो । आजको प्रतिस्पर्धामा विराटनगर पहिलो जितको खोजीमा हुनेछ ।

यता राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी पहिलो जितसँगै प्रतियोगिता सुरु गर्न चाहन्छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ७ : ३६ बजे

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ