२५ भदौ २०८३, बिहिबार | September 10, 2026

आज जनकपुर र पोखरा, काठमाडौं र सुदूरपश्चिम भिडदैं



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स तथा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । लिगको पहिलो खेलमा आज जनकपुर र पोखरा भिड्ने छन् ।

जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको नेतृत्वमा कुशल भुर्तेल छन् ।

यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको जनकपुर तेस्रो जित निकाल्ने योजनामा रहँदा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको पोखरा पहिलो जितको खोजीमा रहनेछ ।

यस्तै, आज दिउँसो १ बजे हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोल्यल्स भिड्ने छन् । काठमाडौंको नेतृत्व करण केसीले गर्दैछन् भने सुदूरपश्चिमबाट दीपेन्द्र सिंह ऐरीले नेतृत्व गर्नेछन् ।

यसअघिको खेलमा काठमाडौंले कर्णाली याक्सलाई हराएको थियो भने चितवन राइनोजसँग पराजित भएको थियो । सुदूरपश्चिमले भने पहिलो खेलमै विराटनगरलाई हराएको थियो । यी दुवै टोली आज दोस्रो जित निकाल्ने लक्ष्यमा छन् ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ७ : ५६ बजे

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,

अस्पताल बाहिर बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले राजविराज पठाइन् टोली

काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले अस्पताल

बाँकेमा घटेन कुष्ठरोगको प्रकोप, थपिए १९३ कुष्ठरोगी

नेपालगन्ज । गत आर्थिक वर्ष ०८२/०८३ मा १९३ नयाँ कुष्ठरोगी

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

नेपालगन्ज । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह