२ पुस २०८२, बुधबार | December 17, 2025

आज जनकपुर र पोखरा, काठमाडौं र सुदूरपश्चिम भिडदैं



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स तथा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । लिगको पहिलो खेलमा आज जनकपुर र पोखरा भिड्ने छन् ।

जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको नेतृत्वमा कुशल भुर्तेल छन् ।

यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको जनकपुर तेस्रो जित निकाल्ने योजनामा रहँदा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको पोखरा पहिलो जितको खोजीमा रहनेछ ।

यस्तै, आज दिउँसो १ बजे हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोल्यल्स भिड्ने छन् । काठमाडौंको नेतृत्व करण केसीले गर्दैछन् भने सुदूरपश्चिमबाट दीपेन्द्र सिंह ऐरीले नेतृत्व गर्नेछन् ।

यसअघिको खेलमा काठमाडौंले कर्णाली याक्सलाई हराएको थियो भने चितवन राइनोजसँग पराजित भएको थियो । सुदूरपश्चिमले भने पहिलो खेलमै विराटनगरलाई हराएको थियो । यी दुवै टोली आज दोस्रो जित निकाल्ने लक्ष्यमा छन् ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ७ : ५६ बजे

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ