८ बैशाख २०८३, मंगलबार | April 21, 2026

नेपाल प्रिमियर लिग : सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हरायो



काठमाडौं । नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले हराएको छ । युवा बलर नरेन साउदले ५ विकेट लिएपछि सुदूरपश्चिम रोएल्सले काठमाडौंलाई हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको हो ।

नरेनले ५ विकेट लिएपछि १६८ रनको लक्ष्य पछ्याएको काठमान्डु गुर्खाज १५.५ ओभरमा ९४ रनमै अलआउट भयो । त्यस खेलमा नरेन जारी एनपीएद्यमा एकै खेलमा ५ विकेट लिने दोस्रो बलर तथा पहिलो नेपाली खेलाडी बने ।

नरेन यू१९ एसिया कप खेलेर हिजो मात्रै काठमाडौं आइपुगेका हुन् र भोलीपल्ट एनपीएलमा डेब्यु गर्दै सानदार प्रदर्शन गर्दै ५ विकेट लिए ।

यसअघि चितवन राइनोजका पाकिस्तानी बलर सोहल तनविरले काठमान्डु विरुद्ध नै ५ विकेट लिएका थिए ।

नरेन बाहेक अविनाश बोहराले ३ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर २ विकेट लिए । यस्तै ब्राण्डन म्याकमुलेन र सैफ जैबले समान १ विकेट लिए ।

काठमान्डुका लागि स्टेफेन इस्किनाजीले सर्वाधिक ३७ रन बनाए । ३३ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । सुमित महर्जनले १४ तथा भिम शार्की र जेरार्ड एरासमसले समान १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ब्राण्डन म्याकमुलेनको अर्धशतक र दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा १६७ रन बनाएको थियो ।

म्याकमुलेनले ३६ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए । यस्तै कप्तान दीपेन्द्रले २५ बलमा ३ चौका र २ छक्का मदतमा ४३ रन जोडे । ओपनर विनोद भण्डारीले २८ बल खेल्दै समान २ चौका र छक्का मदतमा ३५ रन बनाए । सैफ जैबले ११ रन जोडे ।

काठमान्डुका रासिद खानले २ विकेट लिए । कप्तान करण केसी, शाहब आलम र एरासमसले १(१ विकेट लिए ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ४ : २१ बजे

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२

प्रधानमन्त्रीले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

कपुर-खनाल भेट, नेपाल-अमेरिका सम्बन्धबारे छलफल

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री समीर पल

नेपालगन्ज १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगन्ज । नेपालगन्ज उमहानगरपालिका– २ स्थित हनुमानगढीमा १०८ फिट अग्लो