२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

पत्रकार महासंघमा युनियन र चौतारीबीच गठबन्धन



काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत केन्द्रको मनोनयन दर्ता गर्ने दिनको बिहानै नेतृत्वका लागि नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा सहित गठबन्धन बन्ने भएको छ ।

युनियन र चौतारीको गठबन्धनबाट चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्य पाएको छ भने बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी हुने सहमति भएको छ ।

गठबन्धनबाट प्रदेशको नेतृत्वमा पनि भागबण्डा हुने भएको छ । सहमति अनुसार कोशी, मधेश, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिने भएको छ भने बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले पाए छ ।

जिल्ला अध्यक्षहरुमा संख्यामा भागबण्डा भएपनि जिल्ला तोक्ने काम भने बाँकी रहेको बताइएको छ । ४१ जिल्ला अध्यक्षमा युनियन र ३६ जिल्ला अध्यक्ष चौतारीले उम्मेदवारी दिने सहमति भएको बताइएको छ ।

युनियन र चौतारीको गठबन्धन हुने निर्णय सार्वजनिक भएसँगै महासंघको नेतृत्वका लागि थप चर्चा पनि सार्वजनिक हुन थालेका छन् । प्रेस सेन्टर सहितको गठबन्धनले युनियनबाट बिद्रोह गराएर रमेश विष्टलाई केन्द्रीय अध्यक्षमा उठाउने चर्चा सार्वजनिक भएको छ भने लुम्बिनीमा कठोर निर्णय गर्न बाध्य पारिएको भन्दै चौतारीका नेता रुद्र सुबेदीले प्रदेश अध्यक्षमा उम्मेदवारीको उम्मेदवारी दिने संकेत गरेका छन् ।

२८ मंसिरमा हुने महाधिवेशनका लागि आज केन्द्रीय पदाधिकारीका लागि मनोनयन दर्ता हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार २४ गते प्रदेश र २६ गते जिल्ला र शाखाहरुको उम्मेदवारी दर्ता हुने छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : २७ बजे

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौं । सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ ।

ग्यास सिलिण्डर अनावश्यक भण्डारण नगर्न चितवन प्रशासनको आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने

के तपाईको इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या

काठमाडौं । तत्काल ऊर्जा र सतर्कता बढाउने दाबी गरिएका इनर्जी

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा

विशिष्ट साहित्यकार डा. राजेन्द्र विमलको निधन

काठमाडौं । विशिष्ट साहित्यकार डा. राजेन्द्र विमलको ८१ वर्षको उमेरमा