८ बैशाख २०८३, मंगलबार | April 21, 2026

सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले लगातार तेस्रो हार बेहोरेको छ । सुदूरपश्चिमले भने एनपिएलमा लगातार तेस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि विवेक यादवले अविजित ७७ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् ।

विवेकले ५१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन जोड्दा लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान रोहित पौडेल ५, उन्मुक्त चन्द ४, अर्जुन साउद ०, रामोस सिमण्ड्स ०, सूर्य तामाङ ७, टम मुर्स ७ र साद विन जफर शुन्य रनमा आउट भए ।

१९ रन जोड्दा ५ विकेट गुमाएको लुम्बिनीको ब्याटिङलाई विवेकले सम्हाल्ने कोशिस गरेपनि सफल हुन सकेनन् । उनलाई अन्य ब्याटरले साथ दिन सकेनन् । बलिङमा सुदूरपश्चिमका बलिङमा सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन र सैफ अलि जैबले ३-३ र स्कट कुगेलेइनले २ र अभिनास बोहराले एक विकेट लिए ।

त्यसअघि त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएका थियो । सुदुरपश्चिमका सैफ अली जैबले सर्वाधिक ९० रन बनाए । उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । विनोद भन्डारीले १७, आरिफ शेख ०, ब्रान्डन म्याकमुलेन २३ र कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाएका थिए ।

बलिङमा रामोन सिमण्ड्सले २, कप्तान रोहित पौडेल र विवेक यादवले एकएक विकेट लिएका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  १ : ५९ बजे

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

तेहरान । अमेरिका र इरानबीच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै

वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य सोमबारको तुलनमा बढेको छ ।

अमेरिकी शान्ति वार्तामा सामेल हुने विषयमा अझै कुनै निर्णय भएको छैन : इरान

रासस/एएफपी । इरानले सोमबार अमेरिकासँग नयाँ चरणको शान्ति वार्तामा भाग