८ बैशाख २०८३, मंगलबार | April 21, 2026

आज जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन भिड्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुन लागेको छ । आइतबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लगातार तीन जित निकालेको जनकपुर र लगातार तीन हार खाएको लुम्बिनी आम्नेसाम्ने हुन लागेका हुन् ।

जनकपुर अनिल शाहको कप्तानीमा छ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको नेतृत्त्वमा मैदानमा हुनेछ ।

पहिलो खेलमा विराटनगर र दोस्रो खेलमा कर्णालीलाई आठआठ विकेटले हराएको जनकपुरले तेस्रो खेलमा पोखरालाई सात विकेटले हराएको हो । अपराजित जनकपुर ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा छ ।

यता तालिकाको पुछारमा रहेको लुम्बिनी भने पहिलो जितको खोजीमा छ । पहिलो खेलमा विराटनगरसँग एक बल बाँकी हुँदा दुई विकेटले पराजित भएको लुम्बिनी दोस्रो खेलमा पोखरासँग १० विकेटको पराकिलो अन्तरले पराजित भयो । तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले पराजित लुम्बिनी आज पहिलो जितको खोजीमा हुनेछ ।

त्यस्तै आइतबार हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ । अपराजित सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा छ भने एक खेल गुमाएको चितवन चार अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ८ : १५ बजे

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

तेहरान । अमेरिका र इरानबीच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै

वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य सोमबारको तुलनमा बढेको छ ।

अमेरिकी शान्ति वार्तामा सामेल हुने विषयमा अझै कुनै निर्णय भएको छैन : इरान

रासस/एएफपी । इरानले सोमबार अमेरिकासँग नयाँ चरणको शान्ति वार्तामा भाग