काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान हुने खेलमा चितवन राइनोजले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ । लुम्बिनी लायसन्ससँगको प्रतिस्पर्धामा टस जितेसँगै चितवनले फिल्डिङ गर्ने निर्णय लिएको हो । यससँगै लुम्बिनीले ब्याटिङको निम्तो पाएको छ ।
हालसम्म खेलेका ४ खेलमा चितवनले ३ खेलमा जित निकालेको छ । चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले पाखा लगाएको थियो ।
त्यस्तै तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको चितवनले चौथो खेलमा भने उत्कृष्ट लयमा रहेको सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पाखा लगाएको थियो ।
उता लुम्बिनीले भने हालसम्म खेलका चार वटै खेलमा पराजय व्यहोरेको छ । लुम्बिनी विराटनगर किङ्ससँग २ विकेटले पराजित भएको थियो भने पोखरा एभेन्जर्ससँग १० विकेटले स्तब्ध बनेको थियो । त्यस्तै सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको लुम्बिनी जनकपुर बोल्ट्ससँग १ रनले स्तब्ध बनेको थियो ।
दुवै टोलीले यसअघि चाररचार खेल खेलिसकेकामा चितवन पाँचौँ खेलमा चौथो जितको खोजीमा हुनेछ । उता पाँचौँ खेलमा चितवनलाई पराजित गर्दै पहिलो जित निकाल्ने लक्ष्यका साथ लुम्बिनी मैदानमा उत्रँदै छ ।
त्यस्तै आज हुने दोस्रो खेलमा पोखरा र कर्णाली भिडदै छ ।


















प्रतिक्रिया