८ बैशाख २०८३, मंगलबार | April 21, 2026

लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत लुम्बिनी लायन्सले चितवन राइनोजसामु १६८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनाएकाे छ ।

लुम्बिनी लायन्स रोहित पौडेलको कप्तानमा रहेको छ भने चितवन कुशल मल्लको कप्तानीमा मैदानमा उत्रिएको छ ।

यसअघिका चार खेलमा पराजित भएको लुम्बिनी पहिलो जितको खोजीमा रहेको छ । यस्तै, चारमध्ये तीन खेलमा जित र एकमा हार बेहोरेको चितवन चौथो जित निकाल्ने योजनामा छ ।

यसअघिका खेलमा लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

यता, चितवनले भने काठमाडौं, पोखरा र चितवनलाई हराएको थियो भने कर्णाली याक्ससँग पराजित भएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १० : ४२ बजे

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

तेहरान । अमेरिका र इरानबीच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै

वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य सोमबारको तुलनमा बढेको छ ।

अमेरिकी शान्ति वार्तामा सामेल हुने विषयमा अझै कुनै निर्णय भएको छैन : इरान

रासस/एएफपी । इरानले सोमबार अमेरिकासँग नयाँ चरणको शान्ति वार्तामा भाग