१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

भन्सार छलीको गाडी र स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ



काठमाडौं । प्रहरीले भन्सार छलीको गाडी र स्रोत नखुलेको रू १४ लाख ६० हजारसहित तीन जनालाई पक्राउ गरेको छ । भन्सार छलीको गाडी निर्वाधरूपमा गुडिरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिकाबाट एक चिनियाँ नागरिकसहित तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेकालाई आज सार्वजनिक गरेको छ । सो प्रकरणमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका ४३ वर्षीय चिरञ्जीवि पौडेल, धनुषाको लोहोना गाउँपालिकाका ३० वर्षीय रञ्जन जैसवाल र दक्षिणकाल बस्ने २४ वर्षीय चिनियाँ नागरिक सुइजुम्लुङ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट भन्सार छलीको बा २४ च ३२९३ नम्बरको गाडी, बि एए ७७७९ नम्बरको कार, रू १४ लाख ६० हजार नगद, ल्यापटप पाँच थान, मोबाइल आठ थान र स्मार्ट वाच २३ थान बरामद गरेको छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ८ : ५२ बजे

अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक आज बस्दैं

काठमाडौं । सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलहरूको बैठक

अध्यादेशमार्फत प्रशासनिक जटिलता हटाउने सरकारको प्रयास : असिम शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ

आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

काठमाडौं । आज विश्वका विभिन्न देशमा अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदैछ

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

रौतहट । बागमती सिँचाइ आयोजनाअन्तर्गत रौतहट क्षेत्रमा नहर अतिक्रमण गरी