२१ असार २०८३, आइतबार | July 5, 2026

आज जनकपुर र सुदूरपश्चिम, काठमाडौं र लुम्बिनी भिड्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबार तालिकाको शीर्ष स्थानका दुई टिमबीच प्रतिस्पर्धा हुँदैछ । बुधबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शीर्ष स्थानको अपराजित जनकपुर बोल्ट्स र एक मात्र हार खाएको दोस्रो स्थानको सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।

अपराजित टोली जनकपुरले सुदूरपश्चिममाथि जित निकाल्दै प्लेअफ यात्रा पक्का गर्न चाहन्छ भने सुदूरपश्चिम जनकपुरलाई आजको खेलमा हारको स्वाद चखाउन चाहन्छ ।

जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुँदा सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ ।

यो भिडन्तको अर्को रोचक कुरा भने शेख दाजुभाइ प्रतिस्पर्धीका रुपमा मैदानमा हुनेछन् । कतिपयले यो खेललाई दाजुभाइ आरिफ र आसिफ शेखको भिडन्तका रुपमासमेत हेरेका छन् । आसिफ विकेटकिपर ओपनर ब्याट्सम्यान हुन। उनी जनकपुरका मार्की खेलाडीसमेत हुन् ।

आरिफ भने सुदूरपश्चिमबाट खेल्दैछन् । उनी पेस बलर हुन् । दुवै दाजुभाइले राष्ट्रिय टिममा सँगै खेले पनि उनीहरु पहिलो पटक फ्रेन्चाइज क्रिकेटमा आम्नेसाम्ने हुन लागेका हुन् ।

एनपीएल अंक तालिकामा अपराजित जनकपुर चार खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम चार खेलमा एक हारसँगै ६ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ८ : ०० बजे

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि

प्रचारप्रशारका क्रममा चलचित्र ‘गौँथली’ को निर्माण टिम कलाकारसहित नेपालगन्जमा

नेपालगन्ज । आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको