२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

जनकपुरविरुद्धको जितले चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

सात खेल खेलेको जनकपुर बोल्ट्स तालिकामा १० अङ्कसहित शीर्ष स्थानमा छ । जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । आजको जितपछि चितवनले सात खेलमा आठ अङ्क बटुलेको छ । चितवनसँगै पाँच खेल खेलेको सुदूरपश्चिम रोयल्स र छवटा खेल खेलेको कर्णाली याक्ससँग पनि समान आठ अङ्क छ ।

आइतबार हुने काठमाडौं गुर्खाज र बिराटनगर किङ्ग्सबीचको खेलपछि शीर्ष चार टोलीको टुङ्गो लाग्नेछ । उक्त खेलमा काठमाडौं गुर्खाज विजयी भए उसको पनि आठ अङ्क हुनेछ । यस आधारमा शीर्ष चारमा पर्ने टोलीको टुङ्गो रनरेटका आधारमा हुनेछ ।

जारी प्रतियोगिताबाट लुम्बिनी लायन्स यसअघि नै बाहिरिएको छ भने आजको खेलपछि बिराटनगर किङ्ग्स र पोखरा एभेञ्जर्स पनि प्रतियोगिताबाट बाहिरिएका छन् ।

आजको खेलमा एक सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो । उसका लागि जिमी निशमले २७० दशमलव ८३ को स्ट्राइक रेटमा ६५ रन बनाए पनि जितका लागि पर्याप्त भएन । उनले २४ बल खेल्ने क्रममा पाँच चौका र छ छक्का प्रहार गरे । साथै आसिफ शेखले २३, शुभ कङ्साकारले १५ र मोहम्मद मोहसिनले १३ रन बनाए । त्यसबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।

चितवनको जितमा रिजन ढकाल, सोहिल तनवीर र कुशल मल्लले समान दुई÷दुई विकेट लिए भने अमर रौतेलाले एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८० रनको योगफल बनाएको थियो ।

उसका लागि कप्तान कुशल मल्लले अर्धशतकीय पारी खेले । उनले ४१ बल सामना गर्ने क्रममा तीन चौका र सात छक्का प्रहार गर्दै ७२ रनको योगदान दिए । रबि बोपाराले ३२ बल खेल्दै पाँच चौका र एक छक्काको मद्दतमा ४४ रन बनाए । साथै हसन इसाखिलले २८, सन्तोष कार्कीले १४ रनको योगदान दिए ।

जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिए भने हर्ष थाकर, मोहम्मद मोहसिन र जेम्स निसमले एक/एक विकेट लिए ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ५ : २२ बजे

हिमाली जिल्ला मुगुमा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि आज जारी मतदानमा मुगु जिल्लामा

संविधानको रक्षा गर्ने शक्तिसहितका पक्षमा जनमत आउने विश्वास छ : पूर्वराष्ट्रपति डा यादव

जनकपुर । पूर्वराष्ट्रपति डा रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा

नेकपा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मतदान नगर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले

तनहुँमा १०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात

बाँकेमा महिला मतदाताको उत्साहजनक उपस्थिती (फोटोफिचर)

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु