१ पुस २०८२, मंगलबार | December 16, 2025

लिग चरणको अन्तिम खेलमा लयमा रहेका सुदूरपश्चिम र कर्णाली भिड्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुदैँछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ९ बजे सुरु हुने सो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

सुदूरपश्चिम रोयल्सले यसअघिका छ खेलमध्ये पाँच खेलमा विजयी भएको छ भने एक खेलमा हार बेहोरेको छ । दश अङ्कसहित तालिकाको पहिलो स्थान कब्जा गरेको सुदूरपश्चिम यसअघि नै प्लेअफ चरणमा प्रवेश गरिसकेको छ ।

कर्णाली याक्सले भने यसअघिका छ खेलमध्ये चार खेलमा मात्रै विजयी भएको छ । आठ अङ्कसहित कर्णाली तालिकाको चौथो नम्बरमा छ । आजको खेल सुदूरपश्चिमले जितेमा १२ अङ्कसहित पहिलो स्थानलाई निरन्तरता दिनेछ ।

यस्तै, खेलको नतिजा कर्णालीको पक्षमा आएको खण्डमा कर्णाली प्लेअफमा पुग्नेछ । यदी कर्णालीले हा¥यो भने काठमाडौं गुर्खाजले प्लेअफमा जाने मौका पाउने छ । काठमाडौं गुर्खाज पनि आठ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ८ : १३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज