२४ भदौ २०८३, बुधबार | September 9, 2026

कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको मध्यम चुनौती



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले सुदूरपश्चिम रोएल्सलाई १०२ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कर्णालीले पूरै २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको हो ।

कर्णालीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । चार ओभर बलिङ गरेका उनले २० रन दिएर दुई विकेट लिएका हुन् । उसका लागि स्कट कुग्गेलिजन, हरमित सिंहले दुईदुई विकेट हात पार्दा सैफ जैबले एक विकेट हात पारे ।

कर्णालीका लागि जिशान मकसुदले सर्वाधिक ३० रन बनाए । ३५ बल खेलेका उनले चार चौका हिर्काए । विलियम बोसिस्टोले १६ रन बनाउँदा बाबर हयात १३ रनमा समेटिए । कर्णालीका लागि कप्तान सोमपाल कामी र चाडविक वाल्टनले समान ११-११ रन बनाए । देव खनाल ७ र गुल्सन झा २ रनमा रनआउट भए । ओपनर रित गौतम भने तीन बलको सामना गरेर शून्यमा आउट भएका थिए ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १० : ४५ बजे

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान