२१ असार २०८३, आइतबार | July 6, 2026

जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा प्रवेश



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा जनकपुरलाई बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको पहिलो सिजनमै उपाधि भिडन्तका लागि फाइनलमा पुगेको हो ।

टस हारेर १४० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाएको हो । सुदूरपश्चिमलाई फाइनलमा पुर्‍याउन नटआउट रहेका विनोद भण्डारीले अर्धशतकी पारी खेले । जारी प्रतियोगितमा उनको यो पहिलो अर्धशतक हो ।

उनले ४१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५० रन बनाउँदै सुदूरपश्चिमलाई उपाधिनजिक पुर्‍याउन निर्णायक भूमिका खेले । जनकपुरविरुद्ध विनोदले ५५ बलमा अविजित ५८ रन जोडे । उनले ३ चौका र ३ छक्काको मद्दतमा उक्त रन बनाएका हुन् ।

सुदूरपश्चिमका ओपर सैफ जाइबले २१ बलमा ३२ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे । पहिलो विकेट खसेपछि ब्याटिङमा उत्रिएका ब्रान्डन म्यकमुल्लनले १९ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे ।

दोस्रो विकेट खसेपछि ब्याटिङमा आएका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित २० रन जोडे । उनले १ चौका र १ छक्का प्रहार गरे । बलिङतर्फ जनकपुरका बलर सुदूरपश्चिमका ब्याटरसामु चल्न सकेनन् । ललित राजवंशी र किशोर महतोले समान १-१ विकेट लिए ।

सुदूरपश्चिम फाइनलमा प्रवेश गरेसँगै दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टिम जनकपुरबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वालिफायरको खेल बिहीबार हुनेछ ।

दोस्रो क्वालिफायरको विजेताले सुदूरपश्चिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शनिबार त्रिवि क्रिकेट मैदानमै हुनेछ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ५ : ४५ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ