८ चैत्र २०८२, आइतबार | March 22, 2026

एभरेष्ट इन्जिनियरिङ कलेजमा निर्माण सामग्रीको व्यवसायिक परीक्षण



ललितपुर । ठूला पूर्वाधार निर्माणहरूमा प्रयोग हुने सिमेन्ट र फलामे डण्डीहरू जस्ता निर्माण सामग्रीहरूको गुणस्तर परीक्षण हुने देशमा केही मात्र प्रयोगशालाहरू छन् । यस्तो अवस्थामा अब एभरेष्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरले पनि सो सेवा निर्माण व्यवसायीहरूलाई दिन शुरू गरेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागबाट स्वीकृति प्राप्त कलेजको सिभिल प्रयोगशालामा निर्माण सामग्रीहरू गुणस्तरीय छ कि छैन भनी जाँच गर्न आवश्यक सबै सुविधा उपलव्ध भएको कलेजले जनाएको छ ।

यसले कलेजका विद्यार्थीहरूलाई पनि बजारमा चाहिने सिप हासिल गर्न सजिलो भएको कलेजको भनाई छ । कलेजका विद्यार्थी तथा शिक्षकहरूले आफ्ना शोध कार्यहरूमा ती प्रयोगशालाहरू नियमित प्रयोग गरी राखेकोमा अबदेखि कलेज बाहिरका अनुसन्धानकर्ताहरूलाई समेत ती सुविधाहरू मुनाफारहित ढाँचामा उपलव्ध गराउने भएको जनाएको हो ।

यसले देशभित्रका इन्जिनियरिङ तथा मेटेरियल साइन्सका अन्वेषकहरूलाई कलेजको प्रयोगशालाले सुलभ सुविधा दिने आँकलन गरिएको छ ।

कलेजको प्रयोगशालामा भएको अत्याधुनिक युनिभर्सल टेस्टिङ मेसिन (युटिएम) प्रयोग गरी नेपालका क–वर्गका निर्माण व्यवसायीहरूले निर्माण सामग्रीहरू परीक्षण गर्न मिल्ने र प्रयोगशालाबाट दिइने गुणस्तरको प्रमाणपत्रलाई सरकारी निकायले समेत मान्यता दिने भएकोले निर्माण व्यवसाय वा मेटेरियल साइन्स विधामा संलग्न सबैले एभरेष्ट इन्जिनियरिङ कलेजको प्रयोगशालाबाट लाभ लिन सक्ने कलेज प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ८ : ३५ बजे

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल