१० बैशाख २०८३, बिहिबार | April 23, 2026

१२–१५ वर्षअघि पार्टी छाडेकासँग जोडेर शेरा दरबारको जग्गासँग नेतृत्वलाई मुछ्नुुको अर्थ छैन : प्रचण्ड

आगामी निर्वाचनबाट आफ्नो पार्टीलाई पहिलो पार्टी बनाए भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने उद्घोष



झापा । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नुवाकोटको शेरा दरबार प्रकरणमा पार्टीलाइ जोडेकोमा आपत्ति जनाएका छन् । बिगत १२–१५ वर्षअघि नै पार्टी छाडेका व्यक्तिसँग जोडेर नुवाकोटको शेरा दरबारको जग्गासँग पार्टी नेतृत्वलाई जोड्ने प्रयास गरेको भन्दै यसप्रति प्रचण्डले आपत्ति जनाएका हुन् ।

झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन प्रचण्डले भने,  ‘हाम्रो सुशासनको आन्दोलन तुहाउने षड्यन्त्रस्वरूप १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेरा दरबारको जग्गामा पार्टी नेतृत्वलाई जोड्न थालिएको छ, शेरा दरबारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याऊ, हाम्रो पूर्ण साथ रहने छ, अन्यथा यसरी प्रायोजित प्रचार गर्नुको कुनै अर्थ हुने छैन।’

माओवादीका तत्कालिन कार्यालय सचिव बिकेश श्रेष्ठले तत्कालिन राजदरबारको सम्पति हडपेको समाचार सार्बजनिक भए पछि अध्यक्ष प्रचण्डले यस्तो स्पष्टीकरण दिएका हुन् ।

भ्रष्टाचारविरोधी अभियान आफ्नो अभिष्ट रहेको उल्लेख गर्दै उनले भने,  ‘प्रधानमन्त्री हुँदा मैले अनुसन्धान अधिकारीहरुलाई भनेको थिएँ, भ्रष्टाचारीलाई खोज्दै जाँदा कतै प्रचण्ड आयो भने पनि नछाड्नू । अहिले पनि भन्न चाहन्छु, यदि भ्रष्टाचारका मुद्दामा हाम्रा पार्टीका नेताहरु जोडिन्छन् भने छाडिने छैन।’

उनले आगामी निर्वाचनबाट आफ्नो पार्टीलाई पहिलो पार्टी बनाइ भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने उद्घोष गरे । आफ्नो पार्टीले भ्रष्टाचारविरोधी अभियानलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाएको उल्लेख गर्दै उनले यसमा जनताको तागत पनि जोडियो भने भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्न सम्भव रहेको बताए।

अध्यक्ष प्रचण्डले अहिले नेपाली जनताले प्रयोग गर्न पाएको राजनीतिक अधिकार माओवादीकै कारण सम्भव भएको उल्लेख गर्दै बाँकी राजनीतिक अधिकारलाई पूर्णता दिने, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकताका साथ अघि बढाउने बताए।

अध्यक्ष प्रचण्डले सरकार छाड्ने बेलामा अहिलेको गठबन्धन सरकार जालझेलबाट आएको असंवैधानिक र अप्राकृतिक सरकार भएको स्पष्ट गरेको स्मरण गराउँदै उनले सरकारले अहिले दलाल र बिचौलियाको काम गरिरहेको पुष्टि हुँदै गएको बताए। २०६४ को निर्वाचनमा झापा आएर सम्बोधन गर्दा झापाबाट क्रान्तिको झण्डा फराएको अनुभूति गरेको स्मरण गर्दै उनले आजको कार्यक्रमले त्यसमा नयाँ कडी जोडेको र अब झापा सुशासनका लागि हुने क्रान्तिको केन्द्र हुने बताए।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ४ : २२ बजे

कांग्रेस संसदीय दलको विधान पारित, नेता चयनका लागि भोलि निर्वाचन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको विधान पारित भएको छ।

सामाजिक सञ्जाल प्लेटफर्म दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा

सरकारी कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन

काठमाडौं । अवदेखि देशभरका सरकारी कार्यालयहरुमा विद्युतीय हाजिरी कार्यान्वयन हुने

स्वर्गद्वारी जाँदै गरेको भारतीय तीर्थयात्री बोकेको जीप दुर्घटना, एक बालकको मृत्यु

काठमाडौं । प्युठानको धार्मिक स्थल स्वर्गद्वारीतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री