७ श्रावण २०८३, बिहिबार | July 23, 2026

८४ दिनपछि रवि लामिछाने थुनामुक्त



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त (रिहा) भएका छन् ।

लामिछाने कास्की जिल्ला अदालतको आदेशमा धटौटी बुझाएर रिहा भएका हुन् । काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट प्रहरी नियन्त्रणमा पुगेका लामिछाने ८४ दिनपछि रिहा भएका हुन् ।

पुनः पक्राउ गर्न गरेको तयारीबाट प्रहरी पछि हटेपछि लामिछाने रिहा भएका हुन् । काठमाडौं जिल्ला अदालतमा भोलि आफै उपस्थित हुने शर्तमा प्रहरीले लामिछानेलाई पुनः पक्राउ नगरेको हो ।

यसअघि आज लामिछानेलाई ६५ लाख धरौटी बुझाएर रिहा गर्न जिल्ला अदालत कास्कीका न्यायाधीश नितज राईले आदेश दिएका थिए । सहकारी ठगी प्रकरणमा अहिले नै कसुरदार रहेछन् भन्ने मनासिब आधार नदेखिएपनि तत्कालको प्रमाणहरूबाट थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने भएकाले अहिलेलाई लामिछानेलाई धरौटीमा छाड्ने अदालतको आदेशमा उल्लेख छ ।

लामिछानेको परिवारले ६५ लाखको बैंक ग्यारेन्टी बुझाएपछि उनी अदालतबाट रिहा भए ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ८ : १७ बजे

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको