१० पुस २०८२, बिहिबार | December 25, 2025

८४ दिनपछि रवि लामिछाने थुनामुक्त



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त (रिहा) भएका छन् ।

लामिछाने कास्की जिल्ला अदालतको आदेशमा धटौटी बुझाएर रिहा भएका हुन् । काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट प्रहरी नियन्त्रणमा पुगेका लामिछाने ८४ दिनपछि रिहा भएका हुन् ।

पुनः पक्राउ गर्न गरेको तयारीबाट प्रहरी पछि हटेपछि लामिछाने रिहा भएका हुन् । काठमाडौं जिल्ला अदालतमा भोलि आफै उपस्थित हुने शर्तमा प्रहरीले लामिछानेलाई पुनः पक्राउ नगरेको हो ।

यसअघि आज लामिछानेलाई ६५ लाख धरौटी बुझाएर रिहा गर्न जिल्ला अदालत कास्कीका न्यायाधीश नितज राईले आदेश दिएका थिए । सहकारी ठगी प्रकरणमा अहिले नै कसुरदार रहेछन् भन्ने मनासिब आधार नदेखिएपनि तत्कालको प्रमाणहरूबाट थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने भएकाले अहिलेलाई लामिछानेलाई धरौटीमा छाड्ने अदालतको आदेशमा उल्लेख छ ।

लामिछानेको परिवारले ६५ लाखको बैंक ग्यारेन्टी बुझाएपछि उनी अदालतबाट रिहा भए ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ८ : १७ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु