७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई अध्यक्ष प्रचण्डको आग्रह



सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहज रूपमा यातायात सञ्चालनको व्यवस्था बनाउन सरकारलाई आग्रह गरेका छन् ।

आज उनले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणलगायतका विषयमा जानकारी लिएपछि यस्तो आग्रह गरेका हुन् ।

अध्यक्ष प्रचण्डले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई फोन सम्पर्क गरी यस विषयमा ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ । उनले काठमाडौँ–सिन्धुपाल्चोक खण्डमा दुई वटा बेलीबृज बनाउने र पहिरो गएको खण्डमा राम्रोसँग मर्मत गर्ने हो भने आवागमन सहज हुने अवस्था रहेको बताए ।

अध्यक्ष प्रचण्ड भोलि माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने आठौँ पुरुष र सातौँ महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमका लागि यहाँस्थित सुकुटे आएका हुन् ।

यसैबीच सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घका अध्यक्ष महेन्द्रसिंह थापाले नेपाल भलिबल सङ्घ, जिल्ला भलिबल सङ्घ सिन्धुपाल्चोक र आफू नेतृत्वको सङ्घले संयुक्त रूपमा प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिएका छन् ।

पहिलोपटक हुन लागेको यस प्रकारको राष्ट्रियस्तरको प्रतियोगिताले सुकुटे क्षेत्रको पर्यटन र खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको उनले बताए ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १० : १९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई