२९ माघ २०८१, मंगलबार | February 11, 2025

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई अध्यक्ष प्रचण्डको आग्रह



सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहज रूपमा यातायात सञ्चालनको व्यवस्था बनाउन सरकारलाई आग्रह गरेका छन् ।

आज उनले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणलगायतका विषयमा जानकारी लिएपछि यस्तो आग्रह गरेका हुन् ।

अध्यक्ष प्रचण्डले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई फोन सम्पर्क गरी यस विषयमा ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ । उनले काठमाडौँ–सिन्धुपाल्चोक खण्डमा दुई वटा बेलीबृज बनाउने र पहिरो गएको खण्डमा राम्रोसँग मर्मत गर्ने हो भने आवागमन सहज हुने अवस्था रहेको बताए ।

अध्यक्ष प्रचण्ड भोलि माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने आठौँ पुरुष र सातौँ महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमका लागि यहाँस्थित सुकुटे आएका हुन् ।

यसैबीच सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घका अध्यक्ष महेन्द्रसिंह थापाले नेपाल भलिबल सङ्घ, जिल्ला भलिबल सङ्घ सिन्धुपाल्चोक र आफू नेतृत्वको सङ्घले संयुक्त रूपमा प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिएका छन् ।

पहिलोपटक हुन लागेको यस प्रकारको राष्ट्रियस्तरको प्रतियोगिताले सुकुटे क्षेत्रको पर्यटन र खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको उनले बताए ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १० : १९ बजे

युरोप निर्यात हुन थाले बटुका

झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल,

पैदल यात्रुको सुरक्षाका लागि ‘पेलिकन’ जडान

काठमाडौँ । सडक पार गर्दा पैदल यात्रुको सुरक्षालाई प्राथमिकतामा राखी

आइएमई लिमिटेडको स्टोरी एम्बेसडरमा साइग्रेस पोख्रेल नियुक्त

काठमाडौं । आइएमई लिमिटेडले सन्तोष पोखरेललाई स्टोरी एम्बेसडरमा नियुक्त गरेको

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको

‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यवसायिक कागतीखेती रमाउँदै प्रतीक

घोराही । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा