७ आश्विन २०८३, बुधबार | September 23, 2026

विपक्षी दलहरूले मागे प्रधानमन्त्रीको राजीनामा



काठमाडौं, ४ माघ । संघीय संसदमा रहेका सात विपक्षी दलहरुको तर्फबाट नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

सरकार विरूद्द विपक्षी ७ दल आक्रामक देखिएको बेला काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् ।

‘जुन उदेश्यले यो गठबन्धन बनाएको हो भनियो, त्यो कुनै काम गरेको छैन, बरू संविधान संशधन २०७९ मा गर्ने भनेर प्रधानमन्त्रीले भने पछि गठबन्धनको औचित्य पनि सकिएको छ,’ पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘तसर्थ यो सरकारले नैतिक अधिकार गुमाएको छ, नैतिकताको आधारमा राजिनामा दिनु उचित हुन्छ भन्ने लाग्छ, यसको अर्थ हामी सरकारमा जान हतारिएको भन्ने होइन् ।’

काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी संघीय संसद भित्र रहेका ७ विपक्षी दलले केपी ओली सरकारले भ्रष्टचारलार्इ बढवा दिएको र अन्तराष्ट्रिय सबन्ध सन्तुलित राख्न नसकेको आरोपसमेत लगाएका छन् ।

 

 

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ४ : ३० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई