२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

पेडारी नालाको पुल अवलोकनमा संघीय मन्त्री : ‘ढुक्क हुनुस् अव बन्छ’ – मन्त्री दाहाल



खजुरा । हुलाकी राजमार्ग अन्तर्गत बाँके र बर्दिया जोड्ने बाँकेको खजुरामा रहेको ५२ वर्ष पुरानो जिर्ण पेडारी नालाको पुलको संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले अवलोकन गरेका छन् । आज बिहान अवलोकनमा पुगेका मन्त्री दाहालले जिर्ण पुल छिट्टै बन्ने आश्वासन दिए ।

बाँकेको नेपालगन्ज र बर्दियाको सदरमुकाम गुलरिया जोड्ने मुख्य सडकमा पर्ने पुल कुनैपनि बेला भत्कने अवस्थामा पुगेको छ । सडकको दायाँ बायाँ ४ लेनको सडक बनेपनि ५२ वर्ष पहिले बनेको पुल निर्माण नहुँदा जुनसुकै बेला दुर्घटना हुने अवस्थामा रहेको छ । वर्षायाममा आउने बाढीले हरेक वर्ष घण्टौ सडक अवरुद्ध हुने सो पुल खण्ड मरमत र नयाँ निर्माणका लागि वर्षौदेखि स्थानीयले पहल गरेपनि बजेटको सुनिश्चितता नहुँदा पुल थप जिर्ण बन्दै गएको थियो । अघिल्लो हप्तामात्र अर्थ मन्त्रालयबाट हुलाकी सडकमा रहेका पुल निर्माणका लागि बजेटको व्यवस्था भएपछि भने स्थानीयले पुल बन्ने अपेक्षा गरेका छन् ।

अवलोकनका क्रममा खजुरा पुगेका मन्त्रीलाई स्थानीय पालिका प्रमुख खजुरा गाउँ पालिकाका अध्यक्ष डम्बर बिकले पेडारी नालाको पुललाई छुट्टै शिर्शक दिएर बजेटको सुनिश्चितता प्रदान गर्न आग्रह गरे । उनले दुई जिल्लाको सदरमुकाम सहित नेपालको पश्चिम सिमाना महेन्द्रनगर सम्म पुग्ने बैकल्पिक राजमार्गको पुल भएका कारण हुलाकी राजमार्गको सिमाभित्र मात्र पेडारीको पुललाई सिमित गर्न नहुने बताए ।

हुलाकी राजमार्ग निर्देशनालयका नेपालगन्ज कार्यालयका प्रमुख लिलाबहादुर भण्डारीले २२ मिटर चौडाई र ३३ मिटर लामो पुलको डिपीआर तयार भइसकेको मन्त्री दाहाललाई जानकारी दिए ।

अघिल्लो हप्तामात्र अर्थ मन्त्रालयबाट नेपालभरी रहेका हुलाकी सडकमा पर्ने पुल निर्माणका लागि १ अर्व ५० करोड बजेटको श्रोत सुनिश्चितता प्रदान गरेको थियो । पेडारी नालामा प्रस्ताव गरिएको ४ लेनको पुलका लागि १४ करोड बजेटको लागत अनुमान गरिएको हुलाकी सडक नेपालगन्जका प्रमुख भण्डारीले बताए ।

एकाबिहानै खजुरा पुगेका मन्त्री दाहाललाई एमालेका स्थानीय नेताहरुले स्वागत गरेका थिए । अवलोकनमा संघीय संसदमा कांग्रेस साँसद आशा बिक, कांग्रेस क्षेत्रिय सभापति नक्ककी खाँ, खजुरा गाउँ पालिकाका उपाध्यक्ष मन्जु मल्ल, एमाले बाँकेका पूर्व अध्यक्ष किस्मत कक्षपति, एमाले नेता गेहेन्द्र धिताल, कांग्रेस नेता महेन्द्र मल्ललगायतको उपस्थिती रहेको थियो ।

फोटो : खगेन्द्र दाहाल

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  १० : २२ बजे

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी

जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

जुम्ला । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ