२९ भदौ २०८३, सोमबार | September 15, 2026

प्रचण्डको विश्लेषण : ओली सरकार धेरै टाढा जान सक्दैन



सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकार धेरै टाढा जान नसक्ने बताएका छन् ।

बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले वर्तमान सरकार अवैध तरिकाले बनेकोले धेरै टाढा नजानेमा भने आफूहरू प्रस्ट रहेको बताएका हुन् । उनले सरकार संविधान र जनभावना विपरित गठन भएकोले टाढा जान नसक्ने विश्लेषण गरे । यद्यपी सरकारप्रति आफूहरूको कुनै अभिरुचि नभएको उनले जिकिर गरे ।

उनले भने, ‘नीतिगत रुपमा सरकारको आयु धेरै लामो छैन । जुन ढ‍ंगले सरकारको जन्म भयो त्यो लामो आयुको छैन । तर हामीलाई सरकारमा अहिले कुनै रुचि छैन । यद्यपि चितवनमा शेखर जीहरुसँग भेट हुँदा के कुरा भएको थियो त्यो हुनसक्छ ।

ओली सरकारले भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा मात्र लिप्त रहेको प्रचण्डले दाबी गरे । प्रधानमन्त्रीको क्रियाकलापका कारण एमालेभित्रै उकुसमुकुस भएको उनले बताए ।

प्रचण्डले आफुहरुले विशेष अधिवेशनको दबाब बढाएपछि मात्र सरकारले संसद अधिवेशन बोलाउन तयार भएको दाबी गरे । उनले ओलीको चाहना अध्यादेशबाटै शासन गर्ने रहेको जिकिर समेत गरे ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  १० : १८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ