२४ माघ २०८२, शनिबार | February 8, 2026

८४ मा बहुमत पाए भ्रष्टाचारीहरू जेलमा कोचिन्छन् : प्रचण्ड

'ओली सरकार अस्वाभाविक र अप्राकृतिक छ र ढल्न आवश्यक छ'



खजुरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन भ्रष्टाचारीहरुलाई जोगाउन बनेको दाबी गरेका छन् ।

बाँकेको खजुरा गाउँपालिका स्तरीय माओवादी पालिका अधिवेशनको उदघाटन एवं खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन बनेको दाबी गरेका हुन ।

प्रचण्डले आफु नेतृत्वको सरकारले भ्रष्टाचारीहरुलाई कानूनी दायरामा ल्याउने काम गर्दै गर्दा अचम्मैगरी समीकरण बनेको बताए । ‘संसदीय व्यवस्थामा ठुला दुई दल मिलेर सरकार बनाएको इतिहास छैन’ उनले भने, ‘यो सरकार अस्वाभाविक र अप्राकृतिक छ र ढल्न आवश्यक छ ।’ उनले अहिले भ्रष्टाचार गर्नेहरु संसदमा धेरै र भ्रष्टाचारका विरुद्ध लाग्नेहरुको संख्या कम भएको अवस्था रहेको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचनमा बहुमत पाए भ्रष्टाचारीहरु जेलमा कोचिने चेतावनी दिए । उनले भने ‘३२ सिट हुँदा त न्याय र भ्रष्टाचारको विरुद्ध जेहाड छेड्यौं, ६४ मा जस्तै ८४ मा बहुमत पाए भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने छौं, भ्रष्टाचारी जेलमा पुग्नेछन् ।’

प्रचण्डले देशबाट लोडसेडिङ अन्त्य गर्ने कुलमान घिसिङ विरुद्ध सरकारले निरन्तर गरेको हर्कतबाट सरकारको नियत छर्लङ्ग भएको जिकिर गरे ।

प्रचण्डले समानुपातिक र समावेशी संविधान परिवर्तन गर्ने प्रयास भइरहेको बताउँदै माओवादीले कुनैपनि हालतमा परिवर्तनका उपलब्धीहरुलाई खोसिन नदिने बताए ।

उनले सरकार संचालन र समीकरणका क्रममा पार्टीबाट पनि केही कमजोरी भएको स्वीकार पनि गरे । कहिले कांग्रेस कहिले एमालेसँग गठबन्धन गर्दा माओवादीको पहिचान मेटिने अवस्था आएको बताउँदै उनले आगामी निर्वाचनमा भ्रष्टाचारीहरुसँग कुनै गठबन्धन नगरी माओवादी एक्लै उभिने प्रतिबद्धता व्यक्त गरे ।

आफुले नयाँ संघर्षको थालनी गरेको जनाउँदै आफ्नो संघर्ष शान्तिपूर्ण भएपनि शसक्त रहने बताए । १८ गतेबाट सदनभित्र पनि नयाँ संघर्ष सुरु गर्ने जनाउँदै उनले जनता हारेको इतिहास नभएको स्पष्ट पारे ।

झण्डै ४० वर्ष अघि पञ्चायती व्यवस्था हुँदा खजुरामा आएको स्मरण ताजै रहेको बताउँदै अध्यक्ष प्रचण्डले जनआन्दोलन र जनयुद्धमा खजुराले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । उनले खजुराको विकास र समृद्धिका लागि सधैं लागिरहने प्रतिवद्धता जनाए ।

कार्यक्रममा माओबादी जनयूद्धकालका सहीद परिवारलाई सम्मान गरिनुका साथै जेष्ठ कम्युनिष्ट सदस्यहरुलाई अभिनन्दन गरिएको थियो । कार्यक्रम सुरुहुनुपूर्व खजुराका ८ वटै वडाबाट बजागाजा सहितको जुलुस कार्यक्रमस्थलमा पुगेको थियो ।

 

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ५ : २५ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको