५ श्रावण २०८३, मंगलबार | July 21, 2026

प्रादेशिक महोत्सव दोस्रो दिन, प्रादेशिक महोत्सवमा नृत्य प्रतियोगिता शुरु



नेपालगन्ज । नेपालगन्जमा अन्तर विद्यालय नृत्यतारा २०८१ शुरु भएकोछ । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा जारी प्रादेशिक महोत्सवको दोस्रो दिनदेखि एकल नृत्य प्रतियोगिता शुरु भएको हो ।

महोत्सवका साँस्कृतिक उपसमितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङका अनुसार शुक्रबार जिल्लाका सात वटा विद्यालयका प्रतिस्पर्धीहरुले प्रथम चरणका प्रस्तुती दिएका थिए । प्रतियोेगिताबाट पाँच जना प्रतिस्पर्धी दोस्रो चरणका लागि छनोट भए ।

माघ ११ गतेदेखि १५ गतेसम्म हुने पहिलो चरणमा जिल्लाका ३५ जनाले नृत्यमा भाग लिनेछन् । माघ १६ गतेदेखि १८ गतेसम्म शिर्ष २० जना छनोट हुनेछन् । माघ १९ र २० मा शिर्ष १४ बीच सेमिफिनाले चरणका प्रतिस्पर्धा हुनेछन् । महोत्सव समापन हुने अघिल्लो दिन २१ माघमा शिर्ष १० बीच ग्राण्ड फिनाले हुनेछ । प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरुस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने बाँकी ७ जनाले जनही ५ हजार र प्रमणपत्र पाउनेछन् ।

वरिष्ठ सल्लाहकार गुरुङका अनुसार सो प्रतियोगिताको पुरस्कार प्रायोजन नेपाल ज्वैलर्स नेपालगन्ज धम्बोझीले गरेकोछ । महोत्सवमा मनोरञ्जन प्रदान गर्न स्थानीय कलाकारले हरेक दिन दुई वटा साँस्कृतिक पहिचान झल्कने सामुहिक नृत्य प्रस्तुत गरिरहेकाछन् । स्थानीय गायकगायीकाले आफ्नो प्रस्तुती दिइरहेकाछन् ।

यसैबीच, नेपालगन्जको कारकाँदोस्थित सडक विभाग परिसरमा जारी महोत्सवको दोस्रो दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो बेजोड प्रस्तुती दिए । शुक्रबारका दिन महोत्सव भर्नेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । नेपालगन्जसहितका केही पालिकाहरुले दिएकोे चिसो विदाका कारण समेत दर्शकको संख्या बढेको हो ।

महोत्सवकको दोस्रो दिन सज्जन धामी, रितु कँडेल र हाउडे माया उपमाबाट परिचित श्रृजना खत्रीको बेजोड प्रस्तुती रह्यो । उनीहरुले चर्चित गीत गाएर दर्शक तथा अतिथिहरुलाई छमछमी नचाए ।
साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खन बहादुर धामीका अनुसार महोत्सवको तेस्रो दिन शनिबार चर्चित लोक दोहोरी गायिका ज्योति मगरसहित हास्यव्यङ्ग्य दमन रुपाखेती र गजलकार थानेश्वर गौतमको प्रस्तुती रहनेछ ।

महोत्सवको मुख्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँके, आयोजक नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं, सह आयोजक नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सहकार्य क्यान महासंघ बाँके शाखासँग भएको छ ।

महोत्सवमा मुख्य प्रायोजक के.एल. दुगड ग्रुप, उप–मुख्य प्रायोजक कृषि विकास बैंक, सह–प्रायोजक ओमोडा जेकेव रहेका छन् । नेपालगन्ज उप महानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा, बैजनाथ, राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिका महोत्सवको प्रर्बद्धक छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ७ : १० बजे

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको

बौद्धमा एक युवतीद्वारा आत्मदाह प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले पेट्रोल

भ्याट बिल लिने ग्राहकलाई सरकारको ‘लखपति’ योजना

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा