६ श्रावण २०८३, बुधबार | July 23, 2026

मोर्चाले आफ्ना नीति तथा कार्यक्रममा समाजवादी प्रणालीलाई प्राथमिकतामा राख्ने



काठमाडौँ । समाजवादी मोर्चाले आफ्ना नीति तथा कार्यक्रममा समाजवादी प्रणालीलाई प्राथमिकतामा राख्ने भएको छ ।

मोर्चाको आज बसेको सचिवालय बैठकले देशमा विद्यमान समस्या समाधान गर्न अहिलेको राजनीतिक व्यवस्थामा राज्यका सबै तहमा समाजवादी चरित्र तथा आदर्शलाई कार्यक्रममा समावेश गर्ने निर्णय गरेको मोर्चाका सदस्य सचिव खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

बैठकले बनाउन लागेको दस्तावेजमा समाजवादी व्यवस्थालाई कार्यान्वयन गर्न वामपन्थी शक्तिबीच एकता तथा प्रगतिशील लोकतान्त्रवादी शक्तिलाई विश्वासमा लिएर कार्यक्रम तय गर्ने निर्णय गरेको छ । समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेकाले त्यसलाई सम्पन्न गरी शीर्ष नेतालाई प्रतिवेदन हस्तान्तरण गरिने जनाइएको छ ।

बैठकमा मोर्चाले हालसम्म गरेका उपलब्धी तथा कमजोरी, सबै प्रदेश संरचनाका गतिविधिबारे समीक्षा यही माघ १५ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा गर्ने सभाको व्यवस्थापनबारे कार्यक्रम तय गरेको छ ।

विसं २०८० असार ४ गते नेकपा (माओवादी केन्द्र०, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा गठन गरेकामा पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने मोर्चामा सक्रिय छैन ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १० : ३५ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क