खजुरा । लगातारको लामो सीतलहर चलेसँगै बाँकेको खजुरा गाउँपालिकाले पालिकाका बिपन्न जेष्ठ नागरिकलाई न्यानो ब्लेङ्केट वितरण गरेको छ । पालिकाका ८ वटै वडाका ब्बिपन्न जेष्ठ नागरिकलाई पालिकाले ब्लेङ्केट वितरण गरेको हो ।
वडा कार्यालयको सिफारिसमा ८ वटा वडाका १ सय १० जेष्ठ नागरिकलाई न्यानो ब्लेङ्केट वितरण गरिएको खजृुरा गाउँपालिकाले जनाएको छ । जेष्ठ नागरिकसँग पालिका अध्यक्ष कार्यक्रम अन्तर्गत ब्लेङ्केट वितरण गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत बासु रानाले जानकारी दिए ।
ब्लेङ्केट वितरण गर्दै खजुरा गाउँ पालिकाका अध्यक्ष डम्बर बिक तुफानले तराईको चिसो र लगातारको सीतलहरबाट जेष्ठ नागरिकलाई जोगाउन न्यानो सिरक वितरण गरिएको बताए । उनले पालिकाले घरघरमा स्वास्थ्यकर्मी पठाएर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने गरिउको जनाउँदै जेष्ठ नागरिक प्रति स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।
जेष्ठ नागरिकहरुलाई पालिका प्रमुख बिक, उपाध्यक्ष मन्जु मल्लले ब्लेङ्केट हस्तान्तरण गरेका थिए ।



















प्रतिक्रिया