२३ भदौ २०८३, मंगलबार | September 8, 2026

न्यूम्युको नयाँ आउटलेट नेपालगन्जमा



नेपालगन्ज । सन ग्लास सहितको चश्माको बजार प्रवद्र्धन गर्दै आएको न्यूम्यको आउटलेट नेपालगन्जमा संचालनमा आएको छ । १९ औ आउटलेटकारुपमा न्न्यूम्यले आजबाट नेपालगन्जबाट कारोबार सुरु गरेको हो ।

आज एक कार्यक्रमका बीच कन्टेन्ट क्रियटर भ्लगर सिसान बानियाले न्यूम्य आउटलेटको शुभारम्भ गरे । नेपालगन्जको धम्बोझीमा रहेको न्यूम्यको आउटलेटबाट आज कारोबार आरम्भका अवसरमा २० प्रतिशत छुटमा चश्मा बिक्रि गरिएको नेपालगन्ज आउटलेटका संचालिका सुस्मिता क्षेत्रीले बताइन् ।

न्यूम्यले बच्चा देखि जेष्ठ नागरिकसम्मका नागरिकलाई लक्षित गर्दै सन ग्लास र बिभिन्न ब्राण्डका चश्माको बजार व्यवस्थापन गर्दै आएको छ । यसअघि बुटवल, भैरहवा, बिराटनगर, इटहरी, काठमाडौलषयतका शहरमा आउटलेट खोलेको न्यूम्यले नेपालगन्जका ग्राहकबाट पनि माया पाउने अपेक्षा राखेको न्यूम्युका बजार प्रतिनिधि अनिश अमात्यले बताए ।

६ कक्षा अध्ययन गर्दाबाट आँखामा समस्या आएर चस्मा लगाउन थालेका असिम थापाले सनग्लासको बजारलाई ध्यानमा राख्दै ७ वर्ष पहिले न्यूम्युको कारोबार सुरु गरेका थिए । नेपालमा आँखा सम्बन्धी जनचेतना फैलाइरहेको न्यूम्युले आइवेर इकोसिस्टम तयार गरिरहेको जनाएको छ अब चस्मा सँगै नेपाली पहिचान र सुन्दरताको प्रचार गर्ने योजनामा रहेको न्यूम्युका संस्थापक थापाले बताए ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : ५० बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा