२५ भदौ २०८३, बिहिबार | September 10, 2026

रोजगार खोज्दै महोत्सवमा ७१ जनाको निवेदन, फागुन १६-१७ रोजगार मेला



नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ मा रोजगार खोज्दै १० जिल्लाका ७१ जनाले निवेदन दिएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले बाँकेका ७ वटा स्थानीय तहसँगको सहकार्यमा काँरकादोस्थित सडक डिभिजन कार्यालय परिसरमा जारी प्रादेशिक महोत्सव ए–वान स्टल नै राखेर रोजगारीको खोजीमा रहेका व्यक्तिहरुको संकलन गरेको तथ्याङ्कमा १० जिल्लाका युवा युवतीले निवेदन दिएका हुन् ।

रोजगार मेला व्यवस्थापन उप–समिति संयोजक भीमबहादुर रानाभाटका अनुसार निवेदन दिनेमा सबैभन्दा धेरै बाँकेका ५३ जना छन् । त्यसैगरी हुम्लाका ४ जना, सुर्खेतका ३ जना, डोल्पा र दैलेखका दुई दुई जना, दाङ, जुम्ला, जाजरकोट र सल्यानका एक एक जनाले निवेदन दिएका छन् । ‘पहिलो चरणमा हामी तथ्याङ्क संकलन गरिरहेका छौं । दोस्रो चरणमा मेला लगाउने छौं’, संयोजक रानाभाटले भने ।

सिभिल इन्जिनियर, आइटी, अटोमोबाइल्स, इन्जिनियरिङ, अचार बनाउने, कम्प्युटर अपरेटर, सेक्युरिटी गार्ड, ड्राइभर, इलेक्ट्रिसियन, सिलाइ कटाइ, सिलाइ बुनाइ, पेन्टर, मेडिकल लाइन, ग्यारेज, कार्यालय सहयोगी, होटल र रेष्टुरेन्टको वेटर, व्यूटिसियन, किचन हेल्परको काम जानेको भनेर निवेदन दिएको समितिका सदस्यसचिव कुशल गुप्ताले जानकारी दिए ।

प्रादेशिक महोत्सव २०८१ का संयोजक तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी महोत्सवमा निवेदन दिएका युवा युवतीहरुलाइ सहभागी गराइ आगामी १६–१७ फागुुनमा नेपालगन्जमा रोजगार मेला लगाउने जानकारी दिए ।

‘रोजगार मेलामा रोजगारदाता र रोजगारको खोजीमा रहेका व्यक्तिबीच सम्पर्क गराएर रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य हों’, अध्यक्ष धामी भन्छन्, ‘रोजगार मेलाबाट धेरै भन्दा धेरै ब्यक्तिका लागि रोजगारी उपलब्ध गराएर रोजगारीको खोजीमा विदेश पलायन रोक्न र देशको अर्थतन्त्र चलायमान बनाउने यसको मुख्य उद्देश्य हो ।’

नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा, बैजनाथ, राप्तीसोनारी, जानकी र नरैनापुर गाउँपालिकाले रोजगार मेलाका लागि संघसँग सहकार्य गरेका छन् । प्रादेशिक महोत्सवमा हरेक दिन स्थानीय तहका रोजगार शाखा प्रमुख वा प्राविधिक बसेर कार्यक्रमको उद्देश्यबारे प्रकाश पारिरहेका छन् । कोहलपुर नगरपालिकाको रिटर्र्नी स्वयंसेवक वसन्त डाँगीका अनुसार मंगलबार र बुधबार १५ जनाले निवेदन दिएका थिए । आयोजक संघले बेरोजगार व्यक्तिलाई निवेदन दिएर रोजगार मेलामा सहभागी हुन आव्हान गरेको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ६ : २१ बजे

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

नेपालगन्ज । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह

विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न विपक्षी दलको माग

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले भोटेकोशी बाढीपछि उद्धार,

ठगी मुद्दामा काठमाडौंमा पक्राउ परेका पूर्वनापी कर्मचारी ठाकुरलाई पर्सा ल्याइँदै

वीरगञ्ज। ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा काठमाडौंमा पक्राउ परेका नापी कार्यालयका

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा

भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको