२४ माघ २०८१, बिहिबार | February 6, 2025

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री थापा



पर्वत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन समयमै हुने बताएका छन् । पर्वतको पैँयू गाउँपालिकास्थित हुवासमा आज आयोजित नेपाली कांग्रेस पर्वत क्षेत्र ‘ख’ को प्रथम क्षेत्रीय सम्मेलनमा उनले महाधिवेशन विसं २०८२ मङ्सिरभित्रै गर्नुपर्ने व्यवस्थाअनुसार नै हुने बताए ।

पछिल्लो समय विसं २०८४ को आम चुनावपछि महाधिवेशन हुने चर्चा चलिरहेको भन्दै महामन्त्री थापाले महाधिवेशनलाई लामो समय गुजार्न नहुने तर्क गरे । “तपाईहरू भ्रममा नपर्नुहोला महाधिवेशन निर्धारित समयमै हुन्छ । अधिवेशनअघि पार्टीभित्रका आन्तरिक समस्या समाधान गर्ने गरी काम भइरहेको छ”, उनले भने ।

महामन्त्री थापाले मुलुकको विकासका लागि कांग्रेस नेतृत्वमा थुप्रै काम भए पनि प्रचार गर्न नसकिएको धारणा राखे । उनले अबको १० वर्षमा नेपाललाई समृद्ध बनाउने गरी पार्टीले सुशासन, स्थायित्व र विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

महामन्त्री थापाले सरकारले कामको गति बढाउनुपर्ने आवश्यकता औँल्याए । उनले भने, “सरकारले नियमित काम गरे पनि परिणाम देखिने गरी काम भएको छैन । त्यसैले कार्यशैली सुधार गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ । दुई ठूला दल मिलेर सरकार बनाए पनि जनतालाई आशा जगाउने गरी काम गर्न नसके थप समस्या हुनसक्छ ।”

महामन्त्री थापाले संविधानमा रहेका केही उल्झनलाई सच्याएर जानुपर्ने त्यसका लागि सबै दलको सहमतिका लागि पहल गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, गोबिन्दबहादुर शाह, तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १० : ०८ बजे

मुलुकको अर्थतन्त्र सुधारतर्फ अग्रसर छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र ओरालो

कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने

काठमाडौँ । चालू आर्थिक वर्षको बजेटमा परेका तर पुस मसान्तसम्म

गायिका मङ्गेशकरको स्वर रहेको ‘बाचुन्जेलीलाई’ सार्वजनिक

काठमाडौँ । गायक रामकृष्ण ढकालले भारतीय गायिका लता मङ्गेशकरसँग गाएको

तिलोत्तमाको सिद्धार्थ माविले मनायो ‘किड्स डे’

बुटवल । रुपन्देहीको तिलोत्तमा-४ स्थित सिद्धार्थ माविले बिहिबार ‘किड्स डे’

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल