२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

तेस्रो मेयर कप बुटवल लन टेनिस प्रतियोगिता : उपाधिका लागि सुनिरा र अभिलाषा भिड्ने



बुटवल । रुपन्देहीमा जारी तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ को वुमन्स सिगलको उपाधिका लागि अभिलाषा विष्ट र सुनिरा थापा भिड्ने भएका छन । मंगलबार भएको पहिलो सेमीफाईनलमा अभिलाषाले आईशा डोल्कर गुरुङलाई ६–१, ६–० को सोझो सेटमा पराजित गर्दै फाईनलमा स्थान बनाएकी हुन । यसैगरि दोस्रो सेमीफाईनल खेलमा सुनिरा थापाले भगवती बिकलाई पराजित गरेकी हुन । थापाले पहिलो सेट ६–० को अग्रता लिएकी थिईन । दोस्रो सेट भने भगवती रिटायर्ड हन्ट भएसंगै थापा फाईनल यात्रा तय गरेकी हुन ।

यता मेन्स सिगलमा प्रदिप खड्का, निहालजंग थापा, निशान श्रेष्ठ र रितिक राना विजयी हुदै अन्तिम चारमा स्थान बनाएका छन । प्रदिपले गोबिन्द नेपालीलाई ६–४, ६–४ को सोझो सेटमा, निहालले सक्षमबिक्रम शाहलाई ६–३, ६–१ को सोझो सेट, निशानले आयुषमान घलेलाई ६–१, ७–६, ९–७ को सेटमा, रितिकले देव आशिष रेउलालाई ६–२, ६–२ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन ।

यसैगरि ३५ प्लस सिगलमा सन्तोष खत्रीले बि बिश्वास श्रीलाई ६–१, ६–१ को सेटमा, दीप जेब राणाले सुमन पौडेललाई ६–०, ६–१ को सेटमा, राजन पौडेलले सबर मियालाई ६–०, ६–० को सेटमा, सोम राना भने वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।

यसैगरि ४५ प्लस सिगलमा कमल भण्डारीले मनोज नेपाललाई ६–०, ६–१ को सेटमा, माधव भण्डारीले गोपाल ज्ञवालीलाई ६–०, ६–१ को सेटमा, राज गुरुङले सम्दुप के लामालाई २–६, ६–१, १०–८ को सेटमा, देव क्षेत्रीले रामु बिकलाई ६–२, ६–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

यसैगरि ३५ प्लस डबल्समा जितेन्द्र परियार र समिर श्रेष्ठको जोडीले अभिषेक पि र सागर थापाको जोडीलाई ६–०, ६–० को सेटमा तथा राजन पि र चोम बिएसको जोडी वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।

यसैगरि ४५ प्लस डबल्समा रोहित सुनुवार र हिमाल शाहको जोडीले अर्जुन गुरुङ र मनोज नेपालको जोडीलाई ६–१, ६–३ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको म्याच डाईरेक्टर अजय बिष्टले बताए । बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगितामा एक सय बढी खेलाडीहरु सहभागी छन ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ३ : ४९ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब