१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

राममणि क्याम्पसबाट ४४ पिण्ट रगत संकलन



बुटवल । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसबाट आज (मङ्गलबार) ४४ पिण्ट रगत संकलन भएको छ । क्याम्पसका बिद्यार्थी, अभिभावक तथा प्राध्यापकहरुले गरेको रक्तदानबाट ४४ पिण्ट रगत संकलन भएको हो ।

क्याम्पसको स्वास्थ्य तथा सरसफाई एकाईको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीको सहकार्यमा भएको कार्यक्रमा ४४ पिण्ट रगत सङ्कलन भएको ब्लड बैंकका प्राविधिक निरञ्जन राजभण्डारीले जानकारी दिए ।

स्वास्थ्य तथा सरसफाई एकाइका संयोजक विन्दु आचार्यको अध्यक्षतामा भएको कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार धितालले रक्तदातालाई ब्लड प्याकेट हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।

उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री लगायतले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ९ : ५२ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू