१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

नेपालगन्ज नाकाबाट ठुलो परिमाणमा ब्राउन सुगर बरामद, एकजना भारतीय नागरिक पक्राउ



काठमाडौं । नेपालगन्ज स्थित नेपाल भारत नाकाबाट ठुलो परिमाणको अवैध लागूऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषधको कारोबार गर्दै ष्रेको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरदेवारा खटाएको टोलिले लागु औषध ब्राउ सुगर सहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बहराइच बस्ने ३१ वर्षीय विशाल अहमद रहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका विशालसंगबाट ३६२ ग्राम ब्राउन सुगर बरामद गरेको छ । नेपालगन्ज नाकामा बरामद भएको यो परिमाण ठुलो भएको एक प्रहरी अधिकारीले बताए ।

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले भने ब्राउन सुगर सहित १ जना पक्राउ परेको पुष्टि गरेपनि ब्राउन सुगरको तौल भने आइनसकेको बताए । उनले पेपर हटाएर डिविटल तराजुमा जोख्ने काम भइरहेको जानकारी दिए ।

अहमद भारतमा बसेर नेपालीहरुलाई बेचबिखन गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनले नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषधको कारोबार गर्दै ष्रेको गोप्य सूचना पाएपछि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले असई नवीनकुमार शाहीसहित टोलीलाई परिचालन गरेको थियो ।

पक्राउ परेका अहमदविरुद्ध लागूऔषध कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ५ : ०८ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’