२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सुनगाभा सैनामैना गोल्डकप : फर्साटिकर एफसीले पुलिसलाई हरायो



सैनामैना । सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा फर्साटिकर क्लबले जीत हासिल गरेको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैनामा जारी प्रतियोगिताको दोस्रो दिन मंगलबार फर्साटिकरले नेपाल पुलिसलाई २-० ले हराउँदै हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

सैनामैना नगरपालिका(४ मुर्गियामा अवस्थित सैनामैना फुटबल रंगशालमा जारी गोल्डकप पहिलो हापको २९ औं र दोस्रो हापको ६४ औं मिनेटमा टिमका लागि फर्साटिकारका गणेश हमालले एक्लै २ गोल प्रहार गरि टिमलाई विजयी बनाउन सफल भए ।

फर्साटिकर क्लबका गणेश हमाल खेलको म्यान अफ द म्याद घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरेको खेल संयोजक अशोक खड्काले जानकारी दिए ।

बुधबार एपीएफ नेपाल र अभिषेक चर्च रजहर नवलपुरबिच दिउँसो ३ बजे खेल हुने टिम सयोजक श्री दर्लामीले बताए ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सेमीफाइनलमा पुगेर बाहिरीने दुई टिम नगद ४०र४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राईजीङ्ग प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ र ट्रफि पाउनेछन् ।

प्रतियोगितामा ए डिभिजन, नेपाल सुपर लिग र मोफसल क्लब गरी १० टोली सहभागीता रहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ६ : ४५ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन