२३ भदौ २०८३, मंगलबार | September 9, 2026

सुनगाभा सैनामैना गोल्डकप : चितवनको हनामी बिएफसी र काठमाडौंको महावीर क्लब भिड्दै



बुटवल । रूपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपमा आज बिहीबार हनामी बिएफसी चितवन र महावीर क्लब काठमाडौं बीच प्रतिस्पर्धा खेल हुँदै छ । खेल दिउँसो ३ बजे सुरु हुने आयोजकले बताएका छन् ।

मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना फुटबल रंगशाला मुर्गियामा जारी प्रतियोगिता अन्तरगत बुधबार भएको खेलमा अभिषेक चर्च रजहर विजयी भएको छ । एपीएफलाई २-१ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै अभिषेक चर्च सेमिफाइनल प्रवेश गरेको छ । खेलमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका अभिषेक चर्च नवलपुरका जर्सी नम्बर ७ का खेलाडी सुजित बुढाथोकी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पुगेर बाहिरीने दुई टिम नगद ४०/४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राईजीङ्ग प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ र ट्रफि पाउनेछन् । प्रतियोगितामा ए डिभिजन, नेपाल पुलिस र मोफसलका क्लब गरी १० टोलीको सहभागीता रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ७ : ५० बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी