२ पुस २०८२, बुधबार | December 18, 2025

कांग्रेसले शुरु गर्यो मिसन रोजगार अभियान



काठमाडौँ । नेपाली कांग्रेसले मिसन रोजगार अभियान सुरु गरेको छ । विभिन्न नीतिगत तहमा छलफल गर्दै आएको कांग्रेसले आइतबार औपचारिक रूपमा हामी सक्छौँ भन्ने मूलनारा सहित ‘मिसन रोजगारी’ अभियान सुरु गरेको हो ।

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अभियानको घोषणा गरे । मुलुकमा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्नका लागि रोजगारी अभियान सुरु गरेको महामन्त्री थापाले बताए ।  उनले भने- ‘युवाहरू स्वदेशमा रोजगार नपाएर विदेशिइरहेका छन् । मुलुकभित्र रोजगारी सृजना गर्न नीतिगत तहदेखि व्यवहारिक रूपमा पहल गर्छौं ।’

श्रम बजारमा जाने ठुलो जनसंख्याले रोजगारी नपाएकाले यो राजनीतिक मुद्दा बन्नुपर्ने उनको तर्क छ । विज्ञहरूलाई समेत बोलाएर छलफल गर्दै अरू दललाई पनि यो मुद्दामा सामेल गराउने थापाले बताए । युवाहरू विदेश गए भनेर चिन्ता व्यक्त गरे पनि स्वदेशमा रोजगारी सृजना गरेर रोक्ने पहल हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । महामन्त्री थापाले भने- ‘श्रमको उचित मूल्य नपाउँदा पनि समस्या भइरहेको छ । कानुन बनाउनेदेखि रोजगारदाताको अपेक्षा अनुसार जनशक्ति उत्पादन गर्न पहल गर्छौं ।’

कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले रोजगारी अब राजनीतिक दलको एजेण्डा बनेको बताए । उनले भने( ‘विगतमा पनि काम भइरहेको थियो । अब रोजगारीको मुद्दालाई प्राथमिकताका साथ अघि बढाउँछौँ ।’

कांग्रेसले यो अभियान करिब एक वर्ष सञ्चालन गर्ने जनाएको छ । अभियान अन्तर्गत रोजगारी सृजनाका लागि नीतिगत तहमा छलफल, बजारको माग अध्ययन अनुसन्धान, रोजगारीका क्षेत्र, राज्य तथा निजी क्षेत्रले खेल्नुपर्ने भूमिका, राजनीतिक दलहरूसँग समन्वय गरेर सामूहिक एजेण्डा बनाउने लगायतका काम गर्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ९ : २३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल