६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानले पूर्व विद्यार्थीलाई आकर्षित गर्दै



दाङ । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान प्रभावकारी बन्दै गएको छ । पूर्व विद्यार्थीहरूलाई आफैंले अध्ययन गरेको विद्यालयमा आफ्नो ज्ञान, सीप हस्तान्तरण गर्नुका साथै स्रोत अभिवृद्धिका लागि थालिएको यो अभियानले सकारात्मक प्रभाव पार्दै आएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार, हालसम्म करिब एक करोड रुपैयाँ बराबरको स्रोत संकलन भइसकेको छ भने सात हजार पाँच सय भन्दा बढी पूर्व विद्यार्थीहरू अभियानमा संलग्न भएका छन् । गत फागुन ९ गते मुख्यमन्त्री चेतनारायण आचार्यले अभियानको शुभारम्भ गरेका थिए ।

सामाजिक विकास मन्त्रालयले प्रदेशका सम्पूर्ण विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूको ज्ञान, सीप, र लगानीलाई प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो । १७ वटा विद्यालयबाट एकैसाथ अभियान प्रारम्भ गरिएको थियो ।

मुख्यमन्त्री आचार्यले सामुदायिक विद्यालयहरूप्रति अझै विश्वास र भरोसा बढाउनु आवश्यक भएकाले अभियान थालिएको र अहिले प्रभावकारी हुदै गएको बताए । ‘अभियान सुरु भएपछि पूर्व विद्यार्थीहरू आफैंले कखरा चिनेको विद्यालयमा पुग्न थाल्नु भएको छ । यसले उहाँहरूलाई आफ्नो विद्यालयप्रति मात्र जवाफदेही बनाएको छैन, शिक्षण सिकाइमा समेत योगदान गर्ने अवसर सिर्जना गरेको छ’, उनले भने, ‘अभियान शैक्षिक गुणस्तर अभिवृद्धिको महत्वपूर्ण माध्यम बन्नेछ ।’

हाल विद्यालयहरूको वार्षिकोत्सवमा फजुल खर्च गर्ने प्रवृत्ति बढ्दै गएको सन्दर्भमा, अभियानले यस्ता अनावश्यक खर्च रोक्न र विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न मद्दत गर्ने सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बताए । ‘अभियानले पूर्व विद्यार्थीहरूलाई उत्साहित बनाएको छ । उनीहरू नियमित रूपमा विद्यालयमा पुगेर योगदान दिन थालेका छन्’,उनले भने, ‘विद्यालयका कार्यक्रमहरू रचनात्मक र प्रभावकारी हुनुपर्छ, जसमा विद्यालयहरूले विशेष ध्यान दिनुपर्छ ।’

सामाजिक विकास मन्त्रालयका उपसचिव विष्णुप्रसाद पन्थीका अनुसार, अभियान प्रभावकारी देखिएको छ । ‘पूर्व विद्यार्थीहरूलाई आकर्षित गर्ने काममा यो अभियान सफल भएको छ । हालसम्म करिब एक करोड रुपैयाँ बराबरको कोष स्थापना भइसकेको छ भने सात हजारभन्दा बढी पूर्व विद्यार्थीहरू परिचालित भएका छन्’, उनले भने, ‘प्रदेशका सबै सामुदायिक विद्यालयमा पूर्व विद्यार्थीहरूको सक्रियता अभिवृद्धि गर्न हामी सफल भएका छौँ ।’

लुम्बिनी प्रदेशमा ६ हजार ३ सय ४० विद्यालय छन्, जसमध्ये ४ हजार ५ सय ३१ सामुदायिक विद्यालय छन् । यी विद्यालयहरूमा अध्ययनरत १२ लाख ८८ हजार २ सय ९८ विद्यार्थीहरूमध्ये ९ लाख २५ हजार ६ सय २९ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ७ : २० बजे

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा