५ पुस २०८२, शनिबार | December 20, 2025

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा एकीकृत समाजवादीको काठमाडौँमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठक आज बस्दैछ ।

चैत १५ गते समाजवादी मोर्चाले गर्न लागेको वृहत् विरोध प्रर्दशनको तयारीका निम्ति बैठक बोलाइएको हो।

पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बस्ने बैठकमा उक्त प्रर्दशनको तयारीलगायतका विषयमाथि छलफल हुने पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

ज्वालाकाअनुसार चैत ५ गते केन्द्रीय आयोग, केन्द्रीय विभागका प्रमुख र उपप्रमुखहरु, केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सचिवालय सदस्यहरुको संयुक्त बैठकको आह्वान गरिएको छ ।

त्यस्तै चैत ६ गते काठमाडौँ, ललितपुर र भक्तपुर पार्टी जिल्ला कमिटीहरुको संयुक्त बैठक, चैत ७ गते दिउँसो ३ बजे केन्द्रीय मोर्चा संगठनको बैठक, चैत ८ गते उपत्यका प्रदेश कमिटीको बैठक, चैत ९ गते पार्टी सम्पर्क प्रदेश कमिटीको बैठक केन्द्रीय कार्यालयमा बस्ने मिति तय गरिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १२ : ०६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता