८ पुस २०८२, मंगलबार | December 23, 2025

ज्ञानेन्द्र शाह संविधानको मर्यादामा बसुन : महिन्द्रराय यादव



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले ज्ञानेन्द्र शाहलाई संवैधानिक मर्यादामा बस्न चेतावनी दिएका छन् ।

शुक्रबार समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान विरोधी गतिविधि नगर्न उनले शाहलाई चेतावनी दिएका हुन् ।

अध्यक्ष यादवले भने, ‘ज्ञानेन्द्र शाह संविधानको दायरामा बसून् । निर्वाचन लडेर आऊन् । संविधानमाथि हमला गर्ने उनको चाहना पूरा हुने छैन । संविधानमा भएका अधिकार प्रयोग गरेर अगाडि आउनुपर्छ । अन्यथा गर्न खोजे स्वीकार्य हुँदैन ।’ उनले भने । यादवले
प्रतिगामी शक्तिहरू गणतन्त्रलाई मास्न चाहेको आरोप लगाए ।
यादवले संविधानको रक्षाका लागि चार दल एक ठाउँमा उभिएको जिकिर गरे ।

उनले ओली सरकारबाट संविधान र गणतन्त्रको रक्षा गर्ने विश्वास नभएको बताए ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : १६ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको