१५ पुस २०८२, मंगलबार | December 30, 2025

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने



काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरणलगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ ।

प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूको अवरोधका कारण एकसातादेखि संसद बैठक अवरुद्ध हुँदै आएको छ ।

आजको बैठकमा ‘बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक-२०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन-२०८१’ पेस गर्नेछन् ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन-२०८१’ पेस गर्ने छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक-२०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक-२०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ७ : १४ बजे

एमाले नेता वासुदेव घिमिरेबाट एमाले परित्यागको घोषणा

बुटवल । नेकपा एमालेका नेता एवम प्रतिनिधिसभाका निवर्तमान सांसद बासुदेव

सोमबारदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सञ्चालनमा कठिनाइ

नवलपुर । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्नेमा सोमबार बिहानदेखि अवरुद्ध सडक

काठमाडौँको तापक्रम थप घट्यो, जुम्लामा माइनस ४.५

काठमाडौँ । काठमाडौँको तापक्रम आज यो वर्षकै सबैभन्दा कम मापन

पुसे १५ को शीतलहरमा पनि बुटवलको प्रदर्शनीमा थेगीनसक्नु भीड

बुटवल । बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,

एमाले नेता बासुदेव घिमिरेलाई बालेन टिमबाट रास्वपा प्रवेशको प्रस्ताव

बुटवल । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य